क्यानन स्कूलको गाडीले ठक्कर दिदा छात्राको मृत्यु

0
Shares

यमलाल भुसाल, बुटवल ।

जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका ११ मझुवा स्थित क्यानन ईङ्लिस बोर्डिङ स्कुलको लु१च ७००२ नं.को भ्यानले सोही स्कुलकी नावालीका छात्रालाई ठक्कर दिदा मृत्यु भएको छ ।

उक्त स्कूलको कक्षा एलकेजीमा अध्ययनरत मा मझुवा बस्ने राजेन्द्र थापाको बर्ष ४ कि स्मृति थापालाई ठक्कर दिंदा घाईते भई उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमो डाक्टरले मृत्यु घोषणा गरेकोजिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताउनु भयो ।उक्त भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।