बाइडेनले लगाए कोरोनाविरुद्धको खोप


काठमाडाैँ ।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले मोडर्नाले उत्पादन गरेको कोरोनाविरुद्धको खोप लगाउनुभएको छ ।

अमेरिका ल्याइएको यो दोस्रो खोप उहाँले पहिलो मात्रा लगाउनु भएको हो। अमेरिकामा करिव ५ लाख मानिसले कोरोना विरुद्धको खोप लगाइ सकेका छन्।

खोप लगाइसकेपछि बाइडेनले यो खोप सुरक्षित रहेको प्रतिकृया दिंदै भन्नुभयाे- ‘सबै अमेरिकीलाई यो सुरक्षित छ र लगाउनु पर्छ ।’
अमेरिकामा यसअघि फाइजरको खोप लगाउन थालिएको थियो । कोरोनाभाइरसबाट मानवीय क्षति र प्रभावितको दृष्टिकोणले अमेरिका सबैभन्दा अगाडि रहेको छ ।

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोभाइरसबाट सङ्क्रमित भएका तीन लाख १९ हजारभन्दा बढी मानिसको अमेरिकामा मृत्यु भएको छ ।

तर धेरै विशिष्ट व्यक्तिहरूले खोप लगाए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अझै लगाउनुभएको छैन । तर राष्ट्रपति ट्रम्पले उपयक्त समयमा खोप लिन सक्ने राष्ट्रपति कार्यालयका प्रवक्ताले जानकारी दिनु भएको छ ।