राष्ट्रिय गौरवको आयोजनालाई प्राथमिकता

0
Shares

चिरञ्जीवी मास्के, दोलखा । 

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोलखामा निर्माणको क्रममा रहेका राष्ट्रिय गौरवका आयोजनाहरुलाई संघीय सरकारले उच्च प्राथामिकतामा राखेर आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शनिबार गृहजिल्ला दोलखामा भीमेश्वर नगरपालिकाले आयोजना गरेको टुँडिखेलको शिलान्यास कार्यक्रममा मन्त्री गुरुङले उक्त कुरा बताउनुभएको हो ।

दोलखामा निर्माणको क्रममा रहेको माथिल्लो तामाकोसी जल विद्युत् आयोजना, उत्तर दक्षिण राजमार्ग जोड्ने लामाबगर लप्ची सडक, खरीढुङ्गामा रहेको म्याग्नेसाइट, डाङडुङे डाँडामा रहेको फिल्मसिटी जस्ता राष्ट्रिय गौरवको आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उहाँको भनाइ छ ।

उत्तर–दक्षिण जोड्ने लामाबगर–लप्ची सडकका लागि लामाबगरमा सुरुङमार्ग बनाउन आउँदो माघ महिनाभित्र निर्माण कम्पनी छनोट गरेर काम शुरु हुने मन्त्री गुरुङले बताउनुहुन्छ । यो सुरुङमार्ग नेपालकै पहिलो नयाँ प्रविधिसहितको नमुना मार्ग हुने र यसले समग्रमा नेपालकै विकास र समृद्धिको अभियानमा सहयोग पु¥याउने मन्त्री गुरुङको धारणा छ ।

कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रदेश सांसद सरस्वती बस्नेत, प्रमुख भरतबहादुर केसी, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेलगायतको सहभागिता रहेको थियो ।