आज थप ७१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ४७८० जनामा कोरोना परीक्षण गर्दा उक्त संख्यामा पुष्टि भएको हो ।यस्तै हालसम्म नेपालमा २ लाख ५३ हजार १८४ जनामा कोरोना संक्रमण भएको छ ।

जसमध्ये २ लाख ४२ हजार ५६७ संक्रमणमुक्त भएका छन् भने १ हजार ७७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।