शेयर धितो कर्जामा कडाइपछि नेप्सेमा गिरावट



काठमाडौं, (नेस) ।

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा गरेको कडाइको प्रभाव शेयर बजारमा परेको छ । बैंकले बुधबार शेयर धितो कर्जासम्बन्धी नीतिमा संशोधन गरेलगत्तै बिहीबार नेपाल स्टक एक्सचेन्जका ९नेप्से० परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से २२ दशमलव ७० अंकले घटेर २०३२ दशमलव ५१ बिन्दुमा झरेको छ । कुल १९५ कम्पनीको एक करोड ४१ लाखभन्दा बढी कित्ता शेयर ६ अर्ब ७६ करोड ९८ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार बिहीबार कारोबार भएका १२ समूहमध्ये लघुवित्त समूहबाहेक सबै समूहको परिसूचकमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्