लघुवित्त कम्पनीका लगानीकर्ताको नाफा बढी



काठमाडौं, (नेस) ।

साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५ दशमलव ७५ अंकले घटेर २०६१ दशमलव ४१ बिन्दुमा झरेको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीको कुल बजार पुँजीकरण २७ खर्ब ६३ अर्ब ६५ करोड ५६ लाख रुपियाँभन्दा बढी भएको छ । मंगलबारको कारोबारमा लघुवित्त कम्पनीका लगानीकर्ताले तुलनात्मकरूपमा बढी आम्दानी गरेका छन् ।

कुल २०५ कम्पनीको ९७ लाख ५५ हजारभन्दा बढी कित्ता शेयर ६ अर्ब ६ करोड ९३ लाख रुपियाँभन्दा बढीको कारोबार भएको नेप्सेमा मंगलबार कारोबार भएका १२ समूहमध्ये तीन समूहको सूचकमात्रै वृद्धि भएको छ । बाँकी समूहको सूचक ओरालो लागेको छ । बैंकिङ समूह शून्य दशमलव शून्य ८, लघुवित्त ५९ दशमलव ५९ र जीवन बीमा समूह ५१ दशमलव ७९ अंकले बढ्दा व्यापार समूह ५४ दशमलव ५६, होटल समूह २० दशमलव ५४, विकास बैंक समूह २४ दशमलव १४, जलविद्युत् समूह १८ दशमलव ८५, वित्त समूह ६ दशमलव १९, निर्जीवन बीमा समूह ८१ दशमलव ९६, उत्पादन समूह ११५ दशमलव १३, अन्य समूह १८ दशमलव ८९ र सामूहिक जीवन बीमा समूह शून्य दशमलव शून्य ७ अंकले घटेका छन् ।

कारोवार रकमका आधारमा यस दिन पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५२ करोड ३८ लाख रुपियाँभन्दा बढीको शेयर कारोबार भएको छ । यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ३६ करोड ८ लाख, नेपाल बैंकको २२ करोड ६३ लाख, नबिल बैंकको २० करोड, एनआईसी एसिया बैंकको १९ करोड १९ लाख, शिखर इन्स्योरेन्सको १९ करोड ११ लाखर शिवम् सिमेन्टको १७ करोड २० लाख रुपियाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

मंगलबारको कारोबारमा उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य ९ दशमलव ९८, माहुली सामुदायिक लघुवित्तको शेयर मूल्य ९ दशमलव ९८, गुराँस लघुवित्तको शेयर मूल्य ९ दशमलव ९८, ग्लोबलअ आइएमई लघुवित्तको शेयर मूल्य ९ दशमलव ९४ र नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ९ दशमलव ८३ प्रतिशतले वृद्धि भएको छ । यस दिनको कारोबारमा मल्टीपर्पोज फाइनान्स कम्पनी, सिन्धु विकास बैंक, सन्राइज फस्ट म्युचुअल फन्डलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्