दुई तिहाईको सरकार भ्रष्टाचारमा डुब्यो

0
Shares

बासुदेव शर्मा, जाजरकोट । 

नेपाली काग्रेस जाजरकोटले नेपाल कम्युनिष्ट पार्टी नेकपाको दुई तिहाई सरकारका विरुद्ध विरोध प्रदर्शन गरेको छ । केन्द्रिय सर्कुलर अनुसार ७७ वटै जिल्लामा नेकपाको दुई तिहाई सरकारको भ्रष्टाचार र ज्याददीका विरुद्ध विरोधका कार्यक्रम गर्न सवै जिल्लालाई परिपत्र गरेपछि सोहि अनुसार जाजरकोट सदरमुकाम खलंगामा विरोध कार्यक्रम गरेको हो ।

जाजरकोट सदरमुकाम खलंगामा सात वटै पालिकाबाट उपस्थित भएका नेता कार्यकर्ताले सरकारका विरुद्ध चर्को नाराबाजी गरेका थिए । दुई तिहाईको दम्भ देखाउदै नेकपा सरकारले भ्रष्टाचार, ज्यादती, लुट मच्चाएकोले आगामी दिन नागरिकले सहन नसक्ने वताएका थिए ।

विरोध सभाको सम्वोधन गर्न जाजरकोट सदरमुकाम खलंगा आएका नेपाली काग्रेसका केन्द्रिय सदस्य हृदयराम थानीले नेकपाको सरकारले दुई तिहाईको दम्भ देखाएर लुट, कालोवजारी महंगी जनतालाई झुक्याउने काम गरे राजा र राणाको जस्तै अवस्था कम्युनिष्ट सरकारको बनाईदिने वताउनु भयो । केपि वली सरकारले जनतालाई झुक्याउने दुख दिने काम गरेकोले सरकारको विकल्प खोज्न थालेको नेता थानीले वताउनु भयो । देशमा भ्रष्टाचार कालोवजारी, दलालीकरण न्यायलाई कुल्चदै बहुमतको दम्भ देखाउदै नेपाली जनताको अधिकारलाई कुनामा थन्काएर जनताको मतको कदर नगरि वली सरकार भ्रष्टाचामै लिप्त भएको काग्रेसले जबाफ दिने नेता थानीले वताउनु भयो ।

नेकपाको सरकारले झुटको खेती गरेकाले यसको हिसाव किताव जनताले आगामी दिन देखाउने नेपाली काग्रेस जाजरकोटका सभापति दिपक जंग शाहले बताउनु भयो । हालै विश्वमा फैलिएको कोरोना भाईरस महमारीको नाममा कम्युनिष्ट सरकारका मन्त्री र आसेपासेले ब्रम्हलुट गरेको बताउदै जनता लुटने सरकारका विरुद्ध काग्रेसले चुप लागेर नवस्ने सभापति शाहले वताउनु भयो । नेपाली काग्रेसका पुर्व सभापति सनत कुमार कार्कीले सर्वहारा बर्गका नाममा राजनिति गर्ने सरकारमा पुगेको नेकपाको सरकारले जनतालई दुख पिडा दिएकोले नेपाली जनता र नेपाली काग्रेसले सरकारका गलत कार्यक्रमका विरुद्ध सहेर नवस्ने वताउनु भयो ।

नेपाली काग्रेसका युवा नेत मुक्ति प्रसाद आचार्यले रेल र पानी जहाज संचालन गर्ने प्रचार बाजी गर्दै आएको नेकपा सरकारले तिन वर्ष वित्नै लाग्दा पनि आफैले बोलेका योजना कार्यन्वयन नगरि जनता झुक्याउने काम गरेको वताउनु भयो । रेल र पानि जहाज नपाएको सरकारले काग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेललाई गरेको व्यवहारले सरकारको चरित्र नेपाली जनताले प्रष्ट बुझेको नेता आचार्यले वताउनु भयो ।

समृद्ध नेपाल सुखी नेपालीको निर्माणको लागी नेपाली काग्रेसकै सरकारको पालामा नेपालको संविधान ल्याउन सफल भएको छिन्चु जाजरकोट जाजरकोट डोल्पा मोटरबाटो काग्रेस सरकारको पालामा भएको वताउनु भयो । दुई तिहाईको बहुमत नेकपाको सरकारले भ्रष्टाचारलाई संस्थागत गर्न खोजेको आरोप लगाउनु भयो । भ्रष्टाचारलाई पृष्ठपोषण गर्दै नेकपा सरकार निरन्तर लागे नेपाली जनता सहेर नवस्ने वताउनु भयो ।

विरोध सभामा बोल्दै काग्रेसका नेता कार्यकर्ताले नेकपाको दुई तिहाई सरकारले जनतासग गरेका बाचाहरु पुरा गर्न नसकेको सरकार देश र जनता प्रतिको जिम्मेवारीलाई भुल्दै आन्तरिक बिबादमा डुवेको आरोप लगाएका थिए ।