श्रेष्ठद्वारा राजदूत सुवेदीलाई ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ पुस्तक हस्तान्तरण

70
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

अष्ट्रियाको भियनामा बसोबास गर्दै आउनुभएका प्रभु श्रेष्ठले अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाश कुमार सुवेदीलाई हालै प्रकाशित नेपालका प्रसिद्ध वरिष्ठ पत्रकार स्व. पुष्कर लाल श्रेष्ठको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ पुस्तक हस्तान्तरण गर्नुभएको छ ।

सो अवसरमा रुद्र चूडाल, भियना विश्वविद्यालयको दक्षिण एशिया, तिब्बत तथा बौद्ध अध्ययन विभागका तर्फबाट डा. अलका आत्रेय चूडालको पनि उपस्थिति रहेको थियो । भेटघाटमा अष्ट्रिया र नेपालका गहन अभिरुचिका विषयहरुमा कुराकानी भएको श्रेष्ठले बताउनुभयो । राजदुत सुवेदीले केहि वर्ष अगाडी वरिष्ठ पत्रकार स्व. श्रेष्ठसँग भियनामा भएको भेटघाटलाई स्मरण गर्नुभयो ।

स्व।पुष्करलाल श्रेष्ठद्वारा लिखित यात्रावृत्तान्त ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ नामक पुस्तक सार्वजनिक भएको छ । यात्रा स्मरणमा युरोप, अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका क्रममा श्रेष्ठले प्राप्त गरेका रोचक र मार्मिक अनुभव तथा अनुभूतिहरू समेटिएका छन् ।

कामना न्युज पब्लिकेसन्स प्रालिद्वारा प्रकाशित पुस्तकमा स्वदेश र विदेशको अवस्थालाई तार्किक तथा मार्मिक ढंगले गरिएको तुलनात्मक विश्लेषण, नेपाली पत्रकारिताको विकासमा प्राप्त उपलब्धि र चुनौती, राजनीतिक विकृति तथा पछिल्ला दुई दशकमा स्वदेश तथा विदेशमा भएका अनेकौँ प्रभावशाली घटनाका सन्दर्भ समेटिएका छन् ।