४६ अंकको वृद्धिसँगै शेयर बजारको पुँजी झण्डै २७ खर्ब

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ४६ दशमलव ४३ अंकले बढेर २०१० दशमलव ४५ बिन्दुमा पुगेको छ । कुल २०३ कम्पनीको ९० लाख ५० हजार कत्ता शेयर ४ अर्ब ८९ करोड ९४ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ ।

आइतबार कारोबार भएका कम्पनीमध्ये १२४ कम्पनीको शेयर मूल्य बढेको भने ३० कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी १९ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ । आइतबारको कारोबारपछि नेप्सेमा सूचीकृत कम्पनीको समग्र बजार पुँजीकरण २६ खर्ब ९५ अर्ब ३२ करोड ९१ लाखभन्दा बढी रहेको छ । यस दिन कारोबार भएका १२ समूहमध्ये तीन समूहको सूचक ओरालो लाग्दा बाँकी समूहको सूचक बढेको छ । व्यापार समूह २९ दशमलव ८६, होटल समूह ५ दशमलव ६८ र जलविद्युत् समूह २८ दशमलव ९५ अंकले ओरालो घटेका छन् ।

यस्तै बैंकिङ समूह ४५ दशमलव ७७, विकास बैंक समूह ३६ दशमलव ७१, वित्त समूह ७ दशमलव २२, निर्जीवन बीमा समूह १७४ दशमलव शून्य ५, उत्पादन समूह २७२ दशमलव ५४, अन्य समूह १५ दशमलव ३, लघुवित्त समूह ५६ दशमलव २९, जीवन बीमा समूह ५२८ दशमलव ४३ र सामूहिक लगानी कोष समूह शून्य दशमलव ११ अंकले बढेका छन् । कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अगाडि रहेको छ । सो कम्पनीको मात्रै ६७ करोड रुपियाँभन्दा बढीकोे कारोबार भएको छ । त्यसपछि नेपाल पुनर्बीमा कम्पनी ३५ करोड ९४ लाख, हिमालयन डिस्टिलरीको ३० करोड ६५ लाख, माथिल्लो तामाकोशीको १८ करोेड १७ लाख, चिलिमे हाइड्रोपावरको १५ करोड २८ लाख, एनआइसी एसिया बैंक १५ करोड १० लाख रुपियाँभनदा बढीको शेयर किनबेच भएका छन् ।

आइतबारको कारोबारमा माहुली सामुदायिक लघुवित्त, साधाना लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक र हिमालयन डिस्टिलरीको शेयर मूल्य ९ प्रतिशतदा बढीले वृद्धि भएको छ । त्यस्तै शिवम् सिमेन्टको ७ दशमलव २६, नेपाल लाइफ इन्स्योरेन्सको ७ दशमलव ११, नेपाल बंगलादेश बैंकको ६ दशमलव ९२ र प्रभु बैंकको ६ दशमलव ४० प्रतिशतले शेयर मूल्य बढेको छ । तर, माथिल्लो तामाकोशी, आँखुखोला जलविद्युत् कम्पनी, अरुण काबेली पावर, दिव्यश्वरी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, बोटलर्स नेपाल तराई, साञ्जेन जलविद्युत् ।