सांगीतिक गोधुली सार्वजनिक

0
Shares

गायक प्रताप दास र गायिका कविता श्रेष्ठको स्वरमा नयाँ गीत गोधुली सार्वजनिक भएको छ।

नवप्रतिभा ज्ञानिमाया तामाङ र हेरुका लामाको अभिनय रहेको गीत ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतमा ज्ञानिमाया र हेरुकाको रोमान्सलाई प्रस्तुत गरिएको छ। प्राकृतिक सौन्दर्यसहितको लोकेसनमा खिचिएको गीतमा नवप्रतिभा ज्ञानिमाया र हेरुकालाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ। राजेशकुमार श्रेष्ठको शब्द संगीतमा तयार भएको भिडियो गीतलाई भुइसल लामाले निर्माण गरेका हुन्। गीतमा दिनेश पाख्रिनको निर्देशन रहेको छ । अमूल कार्कीको एरेन्ज रहेको गीतमा तारा थापाको सम्पादन र रामेश्वर हुमागाईंको छायांकन रहेको छ।

प्रताप दासले आफूले गायका गीतमध्ये उत्कृष्टको सूचीमा गोधुली पर्ने बताएका छन्। नवप्रतिभा ज्ञानिमायाले तामाङ गीत–संगीतसँगै नेपाली गीत–संगीतमा पनि विस्तारै आफ्नो दायित्व बढाउने गरी भिडियोमा अभिनय गरेको बताइन्। गीतमा दीक्षा पाख्रिनको कोरियोग्राफी रहेको छ।