न्युज अफ नेपाल, काठमाडौ
अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमका खेलाडीको मासिक तलब बढाउने निर्णयमा गरेको छ।बिहिबार बसेको एन्फाको कार्यसमिति बैठकले राष्ट्रिय फुटबल टिमका खेलाडीको तलब वृद्धि गर्दै मासिक १८ हजार रुपैयाँ दिने निर्णय गरेको हो।
एन्फाले राष्ट्रिय महिला टिमका खेलाडीलाई समेत पुरुष समान मासिक १८ हजार तलब दिने निर्णय गरेको छ। यस्अघि पुरुष खेलाडीले मासिक १५ हजार तथा महिला खेलाडीले ८ हजार तलब पाएका थिए ।
प्रतिक्रिया