पूर्व सांसद लामाको कोरोनाबाट मृत्यु


काठमाडौँ । कोरोना संक्रमणबाट ग्रसित भएका पूर्व सांसद कमानसिंह लामाको निधन भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा लामाको आज बिहान दुई बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

काभ्रेका कम्युनिष्ट नेता लामा विसं २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बनेका थिए भने २०६४ सालमा संविधानसभा सदस्यसमेत भएका थिए । लामा दक्षिण कोरियाका लागि राजदूतसमेत भएका थिए ।