मैवाखोलामा पठनपाठन २१ गतेबाट

शिक्षकले पोशाक नलगाए भत्ता रोक्का

0
Shares

दिलकुमार लिम्बु, ताप्लेजुङ

मैवाखोला गाउँपालिकाको बुधबार बसेको बैठकले मंसिर २१ गतेदेखि सबै विद्यालयमा पठनपाठन गर्ने र सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले शिक्षक पोशाक नलगाए भत्ता काट्ने निर्णय गरेको छ ।

सबै विद्यालयहरुमा आवश्यक स्वास्थ्य सामाग्री गाउँपालिकाले उपलब्ध गराउने मेवाखोला गाउँलिकाका प्रवक्ता थुर्ककुमार चोङवाङले बताउनुभयो ।

८ कक्षादेखि १२ सम्मका विद्यार्थीहरुलाई बिहान कक्षा सञ्चाल हुने भएको छ भने ८ देखि तलका विद्यार्थीलाई दिउँसो कक्षा सञ्चालन गर्ने निर्णय भएको उहाँको कथन छ ।

त्यसै गरी, शिक्षकहरुलाई तोकिएको पोशाक अनिवार्य लागाएर मात्र विद्यालय हाजिर हुनुपर्ने निर्णय भएको शिक्षा शाखाका प्राविधिक सहायक अर्जुनकुमार घिमिरेले बताउनुभयो । पोशाक लगाए÷नलगाएका बारे छड्के अनुगमन गर्ने र तोकिएको पोशाक नलगाउने शिक्षकको पोशाक भत्ता कटौती गर्ने निर्णय गाउँपालिकाले गरेको घिमिरे बताउनुहुन्छ ।

जाडो मौसममा कोटबाहेक कालो ज्याकेट लगाउन सकिने गाउँपालिकाले जनाएको छ । सरकारले तोकेको शिक्षक पोशाक पुरुषका लागि भुइँ हरियो भएको सेतो धर्काको सट र कालोमा सेतो धर्का भएको पाइन्ट ।

उनीहरुले नेपाली पोशाक दौरा, सुरुवाल, कोट र टोपीको पहिरन पनि लगाउन पाउने प्रवक्ताले चोङवाङले बताउनुभयो । महिला शिक्षकले रानी कलरको कुर्था–सुरुवालमा ढाका बोर्डर प्रिन्ट भएको पोशाक वा साडीचोलो लगाउन पाउने व्यवस्था छ ।

मैवाखोला गाउँपालिकामा माध्यमिक विद्यालय ५ निमनमाध्यमिक विद्यालय ३ आधारभूत विद्यालय २० गरी २८ वटा सामुदायिक विद्यालय मैवाखोला गाउँपालिकामा सञ्चालनमा रहेको शिक्षा शाखा प्रमुख लक्ष्मीमाया कोम्देनले बताउनुभयो ।