टिमुर एक, औषधी अनेक



दयाराम पण्डित, बाजुरा ।

नेपालीको भान्सामा पाईने टिमुर बारे हामी सबैलाई थाह छ। तर, टिमुर बाट के के औषधीय वस्तु बन्छन् यसवारे थोरै लाई जानकारी हुनसक्छ । १२०० मिटर देखि २५०० मिटरको सम्मको उचाईमा टिमुुर पाईन्छ । स्थानीय भाषामा एउटा खाने टिमुरका रुपमा लिईन्छ भने अर्को बोके टिमुर जुन खान लायक मानिदैन । बाजुराको बडीमालिका नगरपािलका र त्रिबेणी नगरपमिलका खप्तडक्षेडेदह गाउँपालिकाका अधिकांश भुुभागमा टिमुर पाईन्छ । तर, टिमुरको ब्यबसायिक खेती अझै हुन नसकेको डिभिजन वनकार्यालय बाजुराका सहायक वन अधिकृत राजन कुंवर वताउनुहुन्छ । बाजुराको सयोैं हेक्टर बांझो जमिनमा टिमुर खेति गर्न सकिन्छ । टिमुर मानवका लागि एक अचुक औषधी हो भन्ने थाह नपाएर बाजुराका वनपाखामा लटरम्म फल्ने टिमुरखेती फस्टाउन सकेकोछैन । अधिृकृत कुंवरले भन्नुुभयो ।

आयुवेर्दिक प्राणली अनुसार दाँत दुखेको, पेटको बिकार, ज्वरो, हैजा हटाउन लगायतका बिमारमा टिमुरको प्रयोग गरिन्छ।टिमुर वायुशमन गर्ने प्रकृतिको हुन्छ । शरीरलाई उर्जा तथा तागत दिने औषधिको रूपमा प्रयोग हुन्छ ।खानामा नियमित टिमुरको मात्रा मिलाउँदा शरीरमा ताप प्राप्त हुन्छ । जोडो मौसममा बढी लाभदायी हुन्छ ।

हाडजोर्नी दुख्दा, पेट दुख्दा र लेक लाग्दा (हाई अल्टिच्युड)को औषधिका रूपमा समेत टिमुरको प्रयोग गर्न सकिन्छ । आधुनिक औषधि विज्ञानले समेत टुथपेस्टलगायतका औषधिको निर्माणमा टिमुर प्रयोग गरेको पाइन्छ ।आँखाको दृष्टि कम भएका मानिसले नियमित रुपमा टिमुरको प्रयोग गर्दा लाभदायक हुन्छ । न्यून रक्तचाप भएका व्याक्तिलाई पनि टिमुरले निकै फाइदा पुर्याउने गर्छ ।

गाउँ घरमा अझै पनि रुघाखोकी लागेमा हात खुट्टा मर्किएमा टाउको दुखेमा र पिनास भएको बेला टिमुरको तेलले मसाज गरी निको गराइन्छ । टिमुलको फलको बोक्राबाट तेल तयार पारिन्छ । टिमुरमा फस्पोरसको मात्रा पनि हुने भएकाले हाडको लागि पनि निकै उपयोगी हुन्छ । कम भोक लाग्ने समस्या छ भने पनि टिमुरको प्रयोग गर्दा हुन्छ । यसले भोक जगाउने काम गर्छ । टिमुरले क्यान्सरको सम्भावनालाई पनि कैयौँ गुणा कम गर्ने काम गर्छ । त्यस्तै, यसले पेटमा लाग्ने बिभिन्न किरा तथा जुकाहरुलाई मार्नको लागि पनि सहयोग पुर्याउँछ ।

बाजुरामा पाईने दर्जनौ जडीबुटी संकलन गरी जिल्ला बाहिर बिक्री गरे पनि टिमुर ब्यबसायिक उद्योग नहुदा खासै खरिद बिक्री नभएको सहायक वन अधिकृत राजन कुंवर वताउनुहुन्छ । प्रतिकिलो १० रुपैंया राजश्व लिने गरेका कुँवरले बताउनुुभयो । बजारमा टिमुरको माग बढ्न थालेछि यो वर्ष देखि नर्शरीमा टिमुर उत्पादन गर्ने योजन रहेको पनि उहांको भनाई छ । बनमा पाईने टिमुरको बजार भाउ प्रतिकिलो पांच सय रुपैंयामा विक्री हुन्छ , बडीमालिाका ३ रजालीका च्याउ तथा तरकारी खेती अगुवा कृषक रामवहादुर खड्काले बताए । तरकारी खेतीसंगैं टिमुर खेतीका लागि जिल्लाका कृषकलाई उत्सायित वनाउन सके टिमुर खेतीले जिल्लावासी मनज्ञ आम्दानी गर्न सकिने कृषक बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्