उर्मिला फेरि राजनीतिमा


बलिउड अभिनेत्री उर्मिला मातोडकरले एकपटक फेरि राजनीतिक यात्रा शुरु गरेकी छिन्। उर्मिला शिव सेना पार्टिमा सामेल भएकी छिन्।

यसभन्दा अघि सन् २०१९ मा भएको लोकसभा चुनावमा भाग लिने निर्णय गर्दै कांग्रेसमा सामेल भएकी उर्मिलाले उत्तर मुम्बई सिटबाट चुनाव लडेकी थिइन्। तर, उनलाई भारतीय जनता पार्टीका गोपाल सेट्टीले मात दिएका थिए।

केही समय कांग्रेस पार्टीमा सामेल भएर राजनीतिमा सक्रिय उर्मिलाले पार्टीले आफूलाई प्रयोग मात्र गरेको आरोप लगाउँदै कांगे्रस पार्टीबाट बाहिरिएकी थिइन्।

फेरि एकपटक राजनीतिमा हात बढाएकी उर्मिलाले सन् १९८० मा मराठी फिल्म झाकोलामार्फत बाल कलाकारका रूपमा कलाकारिता शुरु गरेकी थिइन्। बलिउडको अलावा तेलुगु, तमिल, मलायम भाषाका फिल्ममा अभिनय गरेर नाम कमाएकी उर्मिलाले फिल्म फेयरलगायतका अवार्ड चुमेकी छिन्।