सुन न भन्दै आए दयाहाङ र लक्ष्मी


गायक तथा संगीतकार हरि लम्साल र मेलिना राईको स्वरमा तयार भएको सुनन बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। परानै दिन्छुको भाग–२ का रूपमा तयार पारिएको सुननमा शब्द सिर्जना प्रह्लाद शाहको शब्द सिर्जना रहेको छ भने संगीत हरि लम्सालको रहेको छ।

अभिनेता दयाहाङ राई र अभिनेत्री लक्ष्मी बर्देवाको अभिनय रहेको गीतमा पहिलो प्रेमको शुरुआती कथा देखाइएको छ। गाउँघर, उकाली ओराली गर्दै मिलका रूपमा रहेको पानी घट्टमा अन्न लिएर पिस्न जाँदा दुई युवायुवती एक–अर्काप्रति आकर्षित भएको प्रेमकथालाई भिडियोमा कलात्मक तरिकाले देखाइएको छ।

काभ्रेको पनौती नगरपालिकाको कुशादेवी मा छायांकन गरिएको भिडियोले नेपाली ग्रामीण परिवेशमा जिन्दगी जिउँदै प्रेम सम्बन्धमा रमाउनेहरुको कथामा दया र लक्ष्मीको जोडी निकै सुहाएको छ।

निकेश खड्काले निर्देशन गरेको भिडियोको छायांकन उत्तम हुमागाईंले गरेका छन् भने सम्पादन विकास धमलाले गरेका हुन्। गीतको भिडियो टुवेल्भ नोट्सबाट बजारमा आएको हो ।