बिवाह बन्धनमा बाँधिदै गायक रमेश प्रसाईँ



न्युज अफ नेपाल,काठमाडौं ।

पछिल्लो पटक सामाजिक सञ्जाल तथा मिडियामा भाइरल भएका गायक रमेश प्रसाईँ बिवाह बन्धनमा बाँधिने भएका छन् । कालिकोटकी नन्दा सिंहसंग यही मंसिर २२ गते उनी बिवाह बन्धनमा बाँधिन लागेका हुन् । पछिल्लो पटक उनले गाएको ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चा पाइरहेको छ ।

समाज सेवामा आबद्ध सिंह र गायक प्रसाईँ ३ बर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ । धरानस्थित सामान्य कार्यक्रमकाबीच बिवाह हुन लागेको सिंहले बताएकी छिन् । गायक प्रसाईँ र कल्पना दाहालले ईन्द्रणीमा गाएको दोहोरीसंगै उनीहरुबीच प्रेमको चर्चा चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्