अमेरिकामा डिसेम्बरको मध्यतिरै कोरोना भाइरस संक्रमण फैलिसकेको सीडीसीको दाबी


वासिंगटन (एजेन्सी)

कोरोना भाइरस संक्रमण सन् २०१९ डिसेम्बरमा नै अमेरिकामा फैलिसकेको खुलासा भएको छ । त्यसको केही हप्तापछि मात्रै चीनमा उक्त भाइरस संक्रमण भेटिएको थियो र एक महिनापछि स्वास्थ्य प्रशासनले पहिलो संक्रमित पुष्टी गरेको थियो । यस विषयमा एक सरकारी अध्ययनमा खुलासा गरेको हो ।

अमेरिका कोरोना महामारीलाई लिएर सुरु देखिनै चीनमाथि सही तरिकाले नसम्हालेको र सत्य लुकाएको आरोप लगाउँदै आइरहेको छ । ताजा सोधले दुई देशबीचको तनावले नयाँ मोड लिन सक्ने अनुमान गरिएको छ । उक्त अध्ययनबाट स्वास्थ्य प्रशासन तथा अनुसन्धानलाई संक्रमणका बारेमा पत्ता लाग्नु अघि नै भाइरस विश्वभरी भाइरस फैलिरहेको प्रमाणलाई बल मिलेको वालस्ट्रिट जर्नलले जनाएको छ ।

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले अमेरिकन रेड क्रसबाट संकलन गरिएका ७ हजार ३ सय ८९ रगत नमुनाको अध्ययन गरेको थियो । यसमा १ सय ६ मा संक्रमण भेटियो । क्लिनिकल इन्फेक्सिय डिजिजेजमा यो शोध प्रकासित गरिएको हो ।

अध्ययनका लागि डिसेम्बर १३ देखि जनवरी १७ को बीचका रक्त नमुना लिइएको थियो । त्यसैलाई पछि कोरोना परीक्षणका लागि लिइएको र त्यसमा कोरोना कोरोना भाइरससँग लड्ने एन्टिबडिजको जाँच गरिएको थियो । अनुसन्धानकर्ताहरुले सार्स कोभ २ संक्रमण अमेरिकामा डिसेम्बर २०१९ मा नै फैसकेको सम्भव भएको बताए , जबकी यो पछि मात्र पुगेको भन्ने छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनालाई चिनियाँ भाइरस समेत भने । सबैभन्दा पहिला हुबेइको वुहानमा संक्रमण फैलिएको खबर बाहिर आएको थियो, त्यसपछि यो विश्वभरी फैलिँदै गएको हो । चीनले यस आरोपको खन्डन गरेको छ र बाँकी देशले पनि चीनमाथि जानकारी लुकाएको र झुठो बोलेको जस्ता आरोप लगाएका थिए । डब्ल्युएचओमाथि पनि चीनसँग मिलेर विश्वलाई अँध्यारोमा राखेको आरोप लगाइएको छ ।

युरोप र भारतबाट फैलिएको आशंका

यस अघि चीनको एकेडमी अफ साइन्सेजका वैज्ञानिकहरुको एक टोलीले कोरोना भाइरस सम्भवत भारतबाट सन् २०१९ को गर्मिमा उत्पन्न भएको हुन सक्ने बताएका थिए । उक्त टोलीले कोरोना भाइरस पशुहरुबाट दुषित भएका पानीका माध्यमबाट मानवमा प्रवेश गरेको बताएका थिए । त्यसपछि यो वुहान पुगेको जहाँ कोरोना भाइरस पहिलो पटक पहिचान भएको हो ।

यसअघि गरेका केही अध्ययनले कोरोना भाइरस चीनमा देखिनु भन्दा अघि युरोपका केही मुलुकमा फैलिसकेको देखाएको थियो । इटाली, बेल्जियम जस्ता देशमा वुहानमा संक्रमण फैलिनु भन्दा अघि नै कोरोना भाइरस अस्तित्वमा आइसकेको एक शोध पत्रमा उल्लेख गरिएको थियो ।

केही अध्ययनले सार्स कोव २ भाइरस चीनबाट फैलिनु अगाडी नै विश्वब्यापी अस्तित्वमा रहेको दावी पनि गरिएको थियो । उक्त कोविड १९ भाइरस पछि उपयुक्त वातावरण पाएपछि सबैतिर सक्रिय भएको त्यसमा संलग्न शोधकर्ताको दावी छ । कोरोना भाइरसको उत्पत्ती स्थल अहिले सम्म पनि पत्ता लगाउन सकेको छैन । यसको खुलासाले यस भाइरसको प्रारम्भिक स्वरुप बुझ्न सकिने र त्यसबाट प्रभावकारी खोपको विकास गर्न मद्दत मिल्ने वैज्ञानिकहरुको धारणा छ ।