रुसद्वारा विश्वकै सबैभन्दा तीब्र बेगको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण


मस्को (एजेन्सी)

बाल्टिक सागरमा अमेरिकासँग बढ्दो तनावबीच रुसले विश्वकै सबैभन्दा तिब्र गतिको हाइपरसानिक एन्टि सिप क्षेप्यास्त्र जिरकानको सफल परीक्षण गरेको छ । यस बीच क्षेप्यास्त्रले ८ माक (९ हजार ८सय ८८ किलोमिटर प्रतिघन्टा) भन्दा बढी बेग लिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

प्रत्यक्ष निगरानी तथा रिकर्डिंग डाटा अनुसार क्षेप्यास्त्रले ४ सय ५० किलोमिटर दुरीमा रहेको लक्ष्यलाई सटिकता पूर्वक भेदन गरेको थियो ।

उक्त क्षेप्यास्त्र बेरेन्ट सागरमा राती गरिएको रुसको रक्षा मन्त्रालयले जनाएको छ । यो यस प्रकारको क्षेप्यास्त्रको दोस्रो परीक्षण हो । यसअघि पनि हाइपरसोनिक क्षेप्यास्त्र रुसी नौसेनाको फिग्रेट एडिमिरल गोर्सकोवबाट अक्टोबर २०२० मा प्रहार गरिएको थियो ।

अहिले पनि यो क्षेप्यास्त्रलाई त्यही युद्धपोतबाट प्रक्षेपण गरिएको हो । यो क्षेप्यास्त्र प्रोजेक्ट ११६४ क्षेप्यास्त्र क्रुजर मार्शल उस्तिनोव र प्रोजेक्ट २२३५० फ्रिगेट एडमिरल कासातोनोवमा तैनाथ गर्ने योजना छ ।

रक्षा मन्त्रालयका अनुसार उक्त हाइपर सोनिक क्षेप्यास्त्रको विस्तार क्षमता ४ सय ५० किलोमिटर रहेको छ । क्षेप्यास्त्रले २८ किलोमिटरको उचाइबाट उडान भरेको र ४ दशमलव ५ मिनेटमा ४ सय ५० किलोमिटरको दुरी तय गर्दै आफनो लक्ष्यलाई ध्वस्त पारेको बताइएको छ । यसक्रममा क्षेप्यास्त्रले ८ माक स्पिड हासिल गरेको हो ।

हाइपरसोनिक क्षेप्यास्त्रको विकासमा विश्वमा सबैभन्दा अगाडी रुस रहेको छ । रुसले आफ्ना जिरकान क्षेप्यास्त्र तैनाथ गर्न सुरु गरिसकेको छ ।

सामानय क्षेप्यास्त्रले ब्यालेस्टिक ट्रेजेक्टरी अनुसार मार्ग तय गर्छ । यसको अर्थ त्यसको मार्गलाई सहजै ट्य्राक गर्न सकिने हुन्छ । यसले शत्रुले तयारी र काउन्टर आक्रमणको अवसर पाउँछ । तर हाइपरसोनिक हतियार प्रणाली कुनै पुर्व निर्धारित मार्ग भएर जाँदैन ।

त्यसैले शत्रुलाई त्यसको मार्ग के हो भन्ने विषयमा अन्दाज नै हुँदैन । यसको बेग पनि यति धेरै हुन्छ कि लक्ष्यलाई थाहै पाउँदैन । अर्थात हवाई प्रतिरक्षा प्रणाली पनि यसको अगाडी निरर्थक बन्छ ।

रुसको अत्याधुनिक एस ५०० एयर डिफेन्स सिस्टमसँग बाहेक कुनै पनि देशसँग हाइपरसोनिक क्षेप्यास्त्र रोक्ने क्षमता छैन । रुस र चीनसँग टक्करका लागि अमेरिकाले पनि यस प्रकारको अस्त्र निर्माण गरिरहेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका अहिले अविश्वसनिय सैन्य उपकरण बनाइरहेको घोषणा गरेका थिए । यसलाई उनले सुपर डुपर क्षेप्यास्त्र नाम दिएका थिए । अहिले अमेरिकासँग रहेका क्षेप्यास्त्रको तुलनामा यो १७ गुणा तीब्र भएको ट्रम्पले बताएका थिए ।