धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत गरायो


काठमाडौं, (नेस)
नेपाल धितोपत्र बोर्डले शेयर बजारका लगानीकर्ताहरुलाई सजग भएर लगानी गर्न आग्रह गरेको छ । पछिल्ला दिनमा नेप्सेमा दैनिक रेकर्ड कायम हुन थालेपछि बोर्डले लगानीकर्तालाई सहजक गराएको हो ।

बोर्डले लगानीकर्तालाई पुँजी बजारको स्थापित मूल्य र मान्यता अनुरुप सूचीकृत संगठित संस्थाको वित्तीय अवस्था, ती संस्थाको आधारभूत तथा प्रविधिक पक्ष ऐन नियमको पालनाको अवस्थाका साथै समग्र वित्तीय तथा आर्थिक परिसूचकलगायतका विषय विश्लेषण गरी लगानी गर्न आग्रह गरेको छ।

धितोपत्रको प्राथमिक बजारमा ८ लाखभन्दा बढी लगानीकर्ता, डिम्याट खाताको संख्या २१ लाख ८० हजार (कुल जनसंख्याको करिब ७ दशमलव २५ प्रतिशत) रहेको तथा नेप्सेको अनलाइन कारोबार प्रणालीबाट ८५ प्रतिशतभन्दा बढी कारोबार हुने गरेकाले उल्लेख गर्र्दै पछिल्लो समयमा लगानीकर्ताको सहभागितामा उल्लेख्य वृद्धि भएको बोर्डले जनाएको छ ।