लन्डनबाट तिमी र म



लन्डन बस्दै आएका धन किरण गुरुङले लन्डनबाट नै नयाँ गीत सार्वजनिक गरेका छन्। धन किरण गुरुङकै शब्द, संगीत तथा स्वर रहेको तिमि र म बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो।

अल्का गुरुङले निर्माण गरेको भिडियोमा ध्रुव दत्त र रिया लिम्बु फिचर्ड छन्। सुमन श्रेष्ठले छायांकन गरेको भिडियोलाई प्रभु गुरुङले कोरियोग्राफी तथा निर्देशन गरेका छन्।

सुशील गुरुङले सम्पादन गरेको भिडियोेमा जीवनको पलहरुमा आफूले सोचेको सपना सधैं पूरा नहुन पनि सक्छ, केही परिस्थिति र समयको क्षणमा मायाको ठूलो आशा र भरोसा निराशामा बदल्न पनि सक्ने जिन्दगीको चित्रण गरिएको छ। बेलायतका पहिलो नेपाली काउन्सलरसमेत रहेका गुरुङको थुप्रै गीत सार्वजनिक भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्