यम र उर्मिलाको ताजा ताजा जवानी सार्वजनिक



लोकप्रिय गायक यम बराल र गायिका उर्मिला लाम्गादेको युगल गायनमा जवानी ताजा ताजा छ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

प्रेमिल शैलीको यस गीतमा शब्द रचना आनन्द अधिकारीको छ भने शिखर सन्तोषले संगीत भरेका छन्। गीतमा संगीत संयोजन मोहित मुनालको रहेको छ। म्युजिक भिडियोमा नायक नाजिर हुसेन र उषा उप्रेतीको अनस्क्रिन प्रेम र रोमान्स छ।

रवीन्द्र न्यौपानेले छायांकन गरेको भिडियो कोरियोग्राफी दीपेन्द्र शाही ठकुरीको रहेको छ भने टेकेन्द्र शाहले सम्पादन गरेका छन्। ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको भिडियो कुशल छायांकार सुदीप बरालको निर्देशनमा तयार पारिएको हो।

१३ बर्षपछि गायन यात्रामा फर्किएकी लाम्गादेले केही महिनाअघि लिन आउछु भन्थ्यौ बोलको गीत सार्वजनिक गरेकी थिइन्।

न्युयोर्कमा बसेर आप्नो संगीत यात्रालाई अघि बढाइरहेकी गायिका लाम्गादे गायनसँगै अभिनयमा समेत रुचि राख्छिन्। उनले यसअघि दलन नामक टेलिफिल्म र चेतनामूलक विज्ञापनहरुमा अभिनय गरिसकेकी छिन्।

प्रतिक्रिया दिनुहोस्