कंगनालाई अदालतबाट राहत


बलिउड अभिनेत्री कंगना रनावतले अन्ततः अदालतबाट न्याय पाएकी छिन्। केही समयअघि कंगनाको अफिसको केही भाग मुम्बई महानगरपालिकाले अवैधरूपमा निर्माण गरेको भन्दै भत्काइदिएको थियो भने बाँकी केही हिस्सा भत्काउन आदेश दिएको थियो।

तर, बम्बई उच्च अदालतले यो कार्य दुर्भावनाबाट प्रेरित भएको भन्दै उक्त आदेश रद्ध गरिदिएको छ भने मुम्बई महानगर विकास निगमलाई कंगनाको नोक्सानको भर्पाइ दिन पनि आदेश दिएको छ। जसका लागि अदालतले मार्चसम्मको समय दिएको छ।

आप्mनो अफिसमा तोडफोड भएपछि कंगनाका वकिलले मुम्बई उच्च अदालतमा बीएमसीको कारबाहीविरुद्ध अपिल दर्ता गरेका थिए।

बलिउडमा आप्नै बलबुतामा निकै छोटो समयमा स्थापित हुन सफल कंगनाले आफू फिल्म निर्मात्री हुने बेलासम्म आप्नै निर्माण कम्पनी होस् भनेर देखेको सपनाअनुसार आफूले १५ वर्षको मेहनतपछि उक्त अफिस निर्माण गरेको र अफिस वैध किसिमले निर्माण नगरेको बताउँदै आएकी थिइन्।

कंगनाले आप्नो अफिसको नाम सन् २०१९ मा प्रदर्शनमा आएको फिल्म मणिकर्णिका द क्विन अफ झाँसीको सम्मानमा मणिकर्णिका फिल्म्स् राखेकी छिन्। निकै सानदार उक्त प्रोडक्सन हाउसको मूल्य ४९ करोड भारु रहेको बताइन्छ। अभिनेता सुशान्तसिंह राजपुतको निधनपश्चात् यस विषयमा विवादास्पद अभिव्यक्ति दिँदै गर्दा उनको अफिसमा डोजर चलेको थियो।