झन् झन् माया सार्वजनिक



गायक ध्रुव बिस्कोको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक झन् झन् माया बोलको गीतमा कृष्ण केसीको शब्द तथा गायक बिस्कोको संगीत रहेको छ। गीतमा बिस्कोसँगै सरू गौतमको पनि स्वर रहेको छ।

नेपाली लोक तथा पश्चिमेली संगीतलाई दक्षिण भारतीय बिटसँग मिलाएर डान्सिङ शैलीमा गीत तयार गरिएको ध्रुव बताउँछन्। ‘हामीले यो गीत फिल्मको तयार गरेका थियौं। कोरोनाका कारण फिल्मको टुंगो नभएपछि भिडियोमा ल्याउने प्रयास गरेका हौं ।’ –बिस्कोले भने।

माइकल चन्दको निर्देशनमा तयार भएको यसको म्युजिक भिडियोमा अभिनेता पुष्प खड्का, नरेन खड्का, सृजना केसी र सरोज मोक्तानको नृत्य रहेको छ। भिडियोमा दिनेश डिसी पनि फिचर भएका छन्।

माइकल सेटअपको करियोग्राफी रहेको भिडियोलाई उत्सव दाहाल र टिमले खिचेको हुन् भने सम्पादनको काम शिलन लम्सालले गरेका छन्। गीत र भिडियो दुवै पक्षबाट उत्कृष्ट बनेको जनाउँदै निर्माण पक्ष आशावादी छ।

गायक बिस्को भन्छन्– ‘हामीले हाम्रोतर्फबाट निकै मिहिनेत गरेका छौं। आशा छ, दर्शक–स्रोताले यसलाई मन पराउनुहुनेछ।’

प्रतिक्रिया दिनुहोस्