संसदमा मुक्कामुक्की र बंगुरको मासु प्रहार


ताइपेइ,(एजेन्सी)

संयुक्त राज्य अमेरिकाबाट हुने वंगुरको मासु आयात कार्यलाई सहजता प्रदान गर्ने विषयलाई लिएर ताइवानी संसदमा अचानक चर्काचर्की बहश हुँदा मुक्कामुक्की शुरु हुनाका साथ विपक्षी विधायकहरुले विरोध स्वरुप वंगुरको मासु प्रहार गरेका छन् ।

ति विधायकहरुले हालै मात्र सरकारले राक्तोपामाइन नामक प्रतिवन्धित रासायनिक पदार्थ राखिएको अमेरिकी वंगुरको मासु आयातका लागि अनुमति दिएर गलत निर्णय गरेको बताएका छन् । मानव स्वास्थको खतराको कारण यस्तो रसायनिक पदार्थ राखिएको यो खाद्य वस्तु ताइवान र युरोपेली संघ ( इयु ) मा प्रतिवन्धित रहेको छ ।

तर सत्तारुढ पार्टीले यो आरोप अस्विकार गर्दै तार्किक बहशमा फर्कन विपक्षी राजनीतिक समुहलाई आब्हान गरेको छ । ताइवानको संसदमा यस अघि पनि पटक पटक मुक्कामुक्की परिसकेका छन् । ताइवानको प्रमुख विपक्षी कोमिन्ताँग ( केएमटि ) पार्टीका विधायकहरुले शुक्रवार प्रधानमन्त्री सु सेंग –चाँगलाई प्रश्न लिनबाट रोक्न वाल्टिनका वाल्टिन वंगुरका आन्द्राभुडी फ्याकेका थिए ।