म कोरोना खोप लिन्न : बोल्सोनारो


ब्रासिलिया (एजेन्सी)

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले कोरोना खोप नलगाउने घोषणा गरेका छन् । खोप नलगाउने आफ्नो निर्णय उनको अधिकार भएको बोल्सोनारोले बताए । कोरोना कहरका कारण विश्व नै खोपको प्रतिक्षामा रहेको बेला राष्ट्रपति बोलसोनारोको उक्त निर्णयले सबैलाई अचम्भित तुल्याएको छ । राष्ट्रपति बोल्सोनारोले खोप प्रति नै अविश्वास ब्यक्त गरेका छन् । बोल्सोनारोले विहिबार आफुले खोप नलिने बताएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

संक्रमण रोक्न जारी खोप परियोजनामा पनि उनले प्रश्न उठाए । कोरोना भाइरसबाट मृत्यु हुने मामिलामा ब्राजिल दोश्रो स्थानमा छ । राष्ट्रपति बोलसोनारोले भने, म तपाईहरुलाई भनिरहेको छु, म यो लिँदिन । यो मेरो हक हो ।यसबीच बोलसोनारोले कोरोना महामारी रोकथामका अन्य उपायमाथि पनि प्रश्न उठाए । उनले मास्कको उपयोगितामाथि पनि आशंका ब्यक्त गरे ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) र सेन्टर्स फर डिजिज प्रिभेन्सन एन कन्ट्रोल (सीडीसी) जस्ता अन्तराष्ट्रिय स्वास्थ्य संस्था लगातार मास्क लगाउन जोड दिइरहेका छन् ।यद्यपी बोलसोनारोले ब्राजिलको स्वास्थ्य एजेन्सीद्वारा प्रमाणित कुनै पनि खोप जनताका लागि निशुल्क उपलब्ध गराउने बताए । ब्राजिलका राष्ट्रपति गत जुलाइमा कोरोना भाइरस संक्रमित भएका थिए ।

उनले लकडाउनबाट हुने नोक्सान महामारीको भन्दा भयानक हुने बताएका थिए । वैज्ञानिक अध्ययनका बावजुद रोगको उपचारका लागि मलेरिया विरुद्धको औषधीलाई उनले पटक पटक प्रचार गरे जुन प्रभावहिन र सम्भवत खतरना पाइयो ।कांग्रेसले खोप लिन नचाहने कसैलाई पनि अप्ठ्यारो नबनाउने आश्वासन उनले दिए । यदि यो प्रभावकारी, स्थायी र विश्वनिय छ , तै पनि कोही लिँदैन भने, त्यसले उ आफैलाई नोक्सान पुर्याउने उनले बताए ।

अमेरिकी जर्नल अफ प्रिभेन्टिव मेडिसिनले जुलाइमा प्रकासित गरेको एक सोधले यदि सामाजिक रुपमा कम्तिमा ७५ प्रतिशतले खोप प्राप्त गर्छ, जसको प्रभावकारिता ७० प्रतिशत छ भने पनि सामाजिक सुरक्षा उपायबाट सुरक्षित रुपमा संक्रमणलाई रोक्न सकिनेछ ।
ब्राजिलका इन्स्टिच्युट फर हेल्थ पोलिसी स्टडिजका कार्यकारी निर्देशक मिगुएल लागोले भने , बोलसोनारोको बयान एक भयानक संकेत हो ।

उनले एसोसिएटेड प्रेसलाई भने , यदि उनी कम लोकप्रिय राष्ट्रपति हो भने यसको अत्यन्त कम मात्र प्रभाव पथ्र्यो तर उनी धरैका लागि नायक हुन् । उनका कट्रटर समर्थकहरु खोप लगाउने छै र यसले अधिक राजनिनितिक विवाद उत्पन्न हुने उनले थपे ।