भारतमा कुल ९३ लाख बढीमा कोरोना संक्रमण


काठमाडौं ।

भारतमा एकैदिन ४२ हजार ५४ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ८ हजार ७ सय ७१ पुगेको छ ।

त्यस्तै भारतमा कोरोनाबाट एकैदिन ४ सय ७३ जना संक्रमितको मृत्यु भएको छ यसरी भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३५ हजार ७ सय ३४ पुगेको छ ।

भारतमा ८७ लाख १६ हजार ५ सय ६६ जना संक्रमित उपचारपछि निको भएका छन् भने ४ लाख ५६ हजार४ सय ५१ जना उपचाररत छन् ।