सियोनालाई सृजनाको सहयोग


कलाकार सृजना निङ्लेकुले स्पाइनल मस्कुलर एट्रोफी नामक रोगसँग लडिरहेकी नाबालिका सियोना श्रेष्ठलाई आर्थिक सहयोग गरेकी छिन्।

बेलायतमा बसेर कलाकारितासँगै भ्लगिङ र ढाका व्यवसाय गरिरहेकी सृजनाले आफ्नी छोरी राशी लिम्बुको ८औं जन्मदिन तथा युट्युब च्यानलले ७५ हजार सब्स्क्राइबर्स पूरा गरेको अवसर पारेर सियोनाको उपचारका लागि ७५ हजार रुपियाँ सहयोग गरेकी हुन्।

स्पाइनल मस्कुलर एट्रोफी नामक रोगसँग लडिरहेकी सियोनाको उपचारका लागि करिब २५ करोड रुपियाँ लाग्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

आफू पनि एक आमा भएकाले सियोनालाई सहयोग गरेको सृजनाको बताइन्। डेढ वर्षकी सियोनाको हाल अमेरिकामा उपचार भइरहेको छ।

बेलायतमै निर्मित केही म्युजिक भिडियो र सर्ट फिल्ममा अभिनय गरेकी सृजनाले सियोनाको उपचारका लागि जसले जति सकिन्छ सहयोग गर्न अपिलसमेत गरेकी छिन्।