नेपाल र अस्ट्रेलियामा फेसन शो


असाप इन्टरटेनमेन्टले हेरिटेज अफ फेसन नेपाल सिजन–२ आयोजना गर्ने भएको छ। आगामी मार्च १५ मा नेपाल र अस्ट्रेलियामा हुने उक्त फेसन शोमा नेपाली तथा विदेशी मोडलहरुको उल्लेख सहभागीता रहनेछ।

कोरोनाले विश्व नै आक्रान्त बनेको बेला नेपाली कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको आयोजक सन्तोष अधिकारीले जानकारी गराएका छन्।

गत वर्षबाट शुरु भएको हेरिटेज अफ फेसन नेपालको पहिलो सिजन पोखरा र अस्ट्रेलियामा गरिएको थियो भने यस वर्ष दुबई र युरोपमा पनि फेसन शोको आयोजना गर्ने योजना आयोजकको छ।

पहिलो सिजनमा फेसन आइकन तथा कलाकार प्रशान्त ताम्राकार, गायक धिरज राई, गायिका प्राप्ति तुलाचन सहभागी थिए।