विश्वकै सबैभन्दा गहिरो स्विमिङपुल


वार्सा, (एजेन्सी)

पोल्यान्डमा विश्वकै सबैभन्दा गहिरो स्विमिङ पुल खुलेको छ । १ सय ४८ फिट गहिरो सो पुलका मालिकले स्कुवा डाइभरहरुलाई आवश्यक तालिम सेवा दिने घोषणा गरेका छन् ।

हालै खुला गरिएको डिपस्पट नामक यस स्विमिङ पुलमा २ लाख ८० हजार क्युविक फिटभन्दा बढी पानी अटाउँछ ।

त्यति पानी ओलम्पिक आकारको २७ वटा स्विमिङ पुललाई पुग्छ । यस स्विमिङ पुलको अर्को विशेषता भनेको माया सभ्यताको अवशेष स्वरुप बनाइएको अद्भूत गुफा र दुर्घटनाग्रस्त जहाजको संरचना हुन् ।

त्यहाँका कर्मचारीहरुले यो पुल पोलिस सेना र अग्निनियन्त्रकलाई तैराकी तालिमका लागि प्रयोगमा ल्याइने बताएका छन् ।

यसभित्र पानीभित्रको दृश्य हेर्न मिल्ने एउटा होटेल, डाइभरहरु हेर्ने सुरुङ, एउटा रेस्टुरेन्ट र थुप्रै बैठक कोठाहरु पनि बनाइएका छन् ।