बाइडेन सरकारले अध्ययन ऋणमा विशेष सहयोग र सुविधा दिने


लसएन्जेल्स,(एजेन्सी)

अमेरिकी नागरिक ट्राइभ ‘ स्पाइक ’ मेगल्स्सेनले आफुले स्वास्थ्य उपचार विल , घर मर्मत ऋण र अन्य खर्च वावजुद पनि आफुले इमान्दारिताका साथ आफूले अध्ययनका लागि सरकारसंग लिएको ५३ हजार डलर ऋण झण्डै पन्ध्र वर्षसम्म मासिक रुपमा भुक्तान गर्दै आएको बताउँछन् ।

मोन्टाना स्टेट युनिभर्सिटी – नर्दनमा बिद्युतिय प्रविधिका सहायक प्राध्यापक रहेका उनी सन् २०१८ मा कंग्रेसले अस्थायी रुपमा विस्तार गरेको सरकारी सेवा ऋण क्षमा कार्यक्रमबाट राहत मिल्ने सक्ने थाहा पाएपछि दंग परेका थिए । शिक्षक , सुरक्षाकर्मी र स्वास्थ स्याहारकर्मि लगायत सरकारी कर्मचारीहरुले यस विशेष सुविधाका लागि आवेदन दिन सक्नेछन् ।

साथै वर्षैं लामो सबै ऋण दस वर्षभित्रै सजिलै चुक्ता गर्न सक्नेछन् । तर संघिय बिद्यार्थी ऋण कार्र्यालयामा सम्पर्क गर्दा उनले आफुले विगतमा तिरिसकेको ऋणको अर्थ नहुने थाहापाए । तर जेहोस् उनले नयाँ ऋण भुक्तानी कार्यक्रममा संलग्न हुँदा पनि आफुलाई दस वर्ष भित्र ऋण चुक्त गर्न तुलनात्मक रुपमा धेरै सहज हुने वास्तविकता पनि बुझे ।

६२ बर्षीय मेगल्स्सेनको अहिले सम्पूर्ण ब्याज समेत जोडेर २१ हजार ५ सय डलर तिर्नबाँकी छ । यस्तो कार्यक्रमबारे जानकारी नभएका र उनले जस्तै समयमै सहयोगका लागि आवेदन गर्न नसकेका अमेरिकी हरुले नवनिर्वाचित राष्ट्रपति जोय बाइडेनको कार्यकालमा कोभड १९ महामारीको कारण थुप्रै व्यक्ति बेरोजगार र कम तलब भुक्तानको शिकार भएको कारण ऋण चुक्ताका लागि थप सहयोग हुने आशा गरेका छन् । तिनीहरुको आशा पूरा हुने देखिएको छ ।

हालैमात्र बाइडेनले बिद्यार्थी राहत ऋण कार्यक्रम अन्तर्गत सरकारी कर्मचरीहरुलाई प्रत्येक वर्ष सेवा वापत जनही १० हजार डलर छुट पाँच वर्ष सम्म दिने बताएका छन् । यो विशेष सुविधा बिद्यालयमा कार्यत शिक्षक तथा कर्मचारी , सरकारी कर्मचारी वा गैर आयमूलक संघसंस्थामा कार्यरत जो कोहिले पनि पाउने बताइएको छ ।

बाइडेनको यस नयाँ तथा प्रेरणादायक कार्यक्रम अनुसार क्षण लिने बिद्याथीहरुलाई स्वत यसमा सहभागि गराइने भएको छ । साथै विगतमा कसैले गरेका सामुदायिक वा राष्ट्रिय सेवालाई पनि यस कार्यक्रममा संलग्न हुने योग्यताको आधार मानिने छ ।