ट्रम्पद्वारा पुर्व राष्ट्रिय सुरक्षा सल्लाहकार फ्लिनलाई माफी


वासिंगटन (एजेन्सी)

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफ्ना पुर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनलाई माफी दिएका छन् । सन् २०१६ को चुनावमा रुसको हस्तक्षेपका सम्बन्धमा भएको जाँचमा एफबीआईलाई झुठो बोलेको मामिलामा प्mिलन दोषी पाइएका थियो । ट्रम्पले आफ्नो कार्यकालमा कयौं बरिष्ठ हस्तिहरुलाई माफी दिएका छन्, ती मध्य प्mिलनको केस सबैभन्दा उच्च प्रोफाइलको हो ।

ट्रम्पले ट्वीटरमा लेखेका छन्, यो मेरो लागि सम्मानको कुरा हो , जनरल माइकल टी प्mिलनलाई पुर्ण रुपमा माफी दिइरहेको छु । फ्लिन र उनका परिवारलाई बधाई । मलाई थाहा छ अब तपाईको थ्यांक्सगिविंग राम्रो हुनेछ ।

एफबीआईलाई झुठो बोलेको मामिलामा अवकास प्राप्त जनरल फ्लिन सन् २०१७ मा दोषी पाइएको थियो । अमेरिकामा रुसका राजदुतसँग ट्रम्पको सपथग्रहण समारोह पुर्व वार्ता गरेको बारेमा फ्लिनले एफबीआईसँग झुठो बोलेका थिए । प्mिलन ट्रम्पका वरिष्ठ अधिकारी मध्यका एक थिए जसलाई पुर्व विशिस्ट पार्षद रोबर्ट म्युलरको जाँचमा दोषी पाइएको थियो ।

अभियोजनका वकिलहरुले उनलाई फसाएको प्mिलनले आरोप लगाएका थिए । प्mिलनको सजायँ पनि कयौं पटक हेरफेर भइसकेको छ । उनी ट्रम्पका पहिलो राष्ट्रिय सुरक्षा सल्लाहका थिए तर २४ दिनपछि नै उनलाई पदबाट हटाइएको थियो, जब रुसका राजदुत सर्गेइ किसल्यकसँग उनको सम्पर्कको खुलासा भएको थियो ।

ट्रम्पले मार्चमा फ्लिनलाई माफी दिने विषयमा सोचिरहेको बताएका थिए । एफबीआई र न्याय विभागले प्mिलनको र उनका परिवारको जीवन खराब बनाएको उनले आरोप लगाएका थिए । उनीहरुले बिना प्रमाणका आधारमा फ्लिनसँग सम्बन्धित रिकर्ड हराएको दावी गरेका थिए । पहिले नै भएको सहमति अनुसार फ्लिनले जाँचमा सरकारलाई मद्दत गर्नु थियो तर पछि वकिलहरुले नै झुठो बोल्न भनेको उनले आरोप लगाएका थिए ।