रहेनन् आशिष राय


२०२० बलिउड फिल्म नगरीको लागि दुःखदयी सावित हुँदै आएको छ। यस वर्ष बलिउडका धेरै कलाकारले ज्यान गुमाएका छन्। फेरि बलिउडका अर्का कलाकार आशिष रायको निधनले बलिउडलाई शोकमा डुबाएको छ।
टेलिभिजन तथा फिल्म जगतका लोकप्रिय कलाकार आशिषले ५५ वर्षको उमेरमा मुम्बईस्थित आप्नै निवासमा मंगलबार बिहान अन्तिम श्वास लिए।

समाचारअनुसार लामो समयदेखि बिरामी रहेका उनको मृगौला फेल भएको कारण निधन भएको हो। उनको निधनको खवर मनोज बाजपेयीले सामाजिक सञ्जालमार्फत दिएका थिए। लामो समयदेखि अस्वस्थ रहेका उनको आर्थिक अवस्था निकै कमजोर थियो। जसका कारण उनको उपचारमा प्रभाव परेको थियो।

लकडाउनका कारण आर्थिक अवस्था नाजुक स्थितिमा पुगेपछि उनले आप्नो फेसबुक अकाउन्टमार्फत मानिसहरुसँग आर्थिक सहायता मागेका थिए। केही समयअघि आफू जुहु अस्पतालको आईसीयूमा भर्ना भएको र उपचारका लागि रकमको आवश्यकता रहेको बताएका थिए।

समाचारअनुसार उनीसँग अस्पतालबाट डिस्चार्ज हुनका लागि समेत पैसा थिएन। बलिउडका केही कलाकारले उनलाई आर्थिक सहायता गरेका थिए। बलिउडका धेरै चर्चित र ठूला सिरियलमा अभिनय गरेर दर्शकको मनमा बस्न सफल उनले ससुराल सिमरका नामक सिरियलबाट चर्चा कमाएका थिए। उनले हलिउडको सुपरहिट फिल्म जोकरको हिन्दी भर्सनमा पनि काम गरेका थिए।