अधिकांश नेपाली कामदार रहेको मलेसियाली कारखाना आंशिक बन्द


क्वालालम्पुर,(एजेन्सी)

विश्वकै सबैभन्दा ठूलो ल्याटेक्स पन्जा निर्माताले आफ्ना आधा भन्दा बढि काराखाना बन्द गरेको छ । आफ्ना झण्डै २ हजार ५ सय जना कमादारमा कोरोना भाइरस पोजिटिभ देखिएपछि मलेसियाको टप ग्लोभले आफ्ना २८ वटा कारखाना बन्द गर्ने घोषणा गरेको सरकारी निकायले मंगलवार जनाएको छ ।

कोभिड १९ महामारी फैलिएको कारण विश्वभरि नै पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट ( पिपिइ ) को माग निकै बढ्न थालेकाले यस कम्पनीको यस वर्ष खुद नाफा ह्वात्तै बढेको छ । तर कारखाना बन्द गरेको घोषण लगत्तै मंगलवार टप ग्लोभको सेयर ७ दशमलव ५ प्रतिशतले घटेको छ ।

मलेसियाको स्वास्थ मन्त्रालयले टप ग्लोभ्सको काराखाना र त्यसको कामदारहरु बस्ने आवास भएका क्षेत्रमा तिव्र रुपमा कोरोना संक्रमण बढेको जनाएको छ । करिव ५ हजार ८ सय कामदारको स्वास्थ परिक्षण गरिएकोमा २ हजार ४ सय ५३ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।

टप ग्लोभ्सले मलेसियामा ४१ वटा कारखाना संचालन गरिरहेको छ । यसका अधिकांश कामदार नेपाली नागरिक रहेका छन् । तिनीहरु भवनका एउटै कोठामा धेरैजना कोचिएर बस्ने गरेका छन् । स्वास्थ महानिर्देशक नूर हिसाम अब्दुल्लाहले अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सलाई भनेका छन् , ‘ कोरोना पोजिटिभ देखिएका सबैलाई अस्पतालमा भर्ना गरिसकेका छौं । संक्रमण थप फेलिन नदिन तिनीहरुका सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ । ’ति कारखाना फेरि कहिले खोलिनेछन् भन्ने स्पष्ट गरिएको छैन । कामको कारण टप ग्लोभ्स केहि महिना यता विशव बजारमा राम्ररी चिनिँदै गएको हो ।