न्युज अफ नेपाल, बैतडी ।
बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् ।
बैतडीको झुलाघाटबाट सदमुकाम गोठालापानी जाँदै गरेको ना १ ज २१९६ को जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ७ का पार्वती चन्द तथा अर्की पार्वती चन्द, भगीरथ पाण्डे, कृष्ण लावड र कलावती चन्द रहेका छ ।
दुर्घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया