कक्षा १२ को परीक्षा सुरू, रसुवाबाट चार सय १२ विद्यार्थीले परीक्षा दिँदै

0
Shares

 सरस्वती न्यौपाने, रसुवा ।

आजबाट सुरू भएको कक्षा १२ को परीक्षामा रसुवाबाट ४ सय १२ विद्यार्थी सहभागी हुने भएका छन् । कोभिड १९ को जोखिम बढेकाले राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष होम सेन्टरबाटै परीक्षा दिन पाउने व्यवस्था गरेपछि आफ्नै स्कुलबाटै परीक्षा दिन पाउने व्यवस्था रहेको छ । परीक्षा विहान आठ बजेबाट साढे ९ बजेसम्म सन्चालन हुने छ ।

आजबाट सुरू भएको परीक्षामा रसुवाको निलकण्ठ नमुना मावि जिवजिवेमा ८८, कोमिन स्यामेवाङफेल मावि स्याफ्रुवेसिमा ५५, निलकण्ठ मावि बोगटिटारमा ५०,रसुवा माविमा ५३,पार्वतीकुण्ड मावि गोल्जुङमा १४, डाडागाउमाविमा २९, सेतिदेवि मावि धुसेनिमा १५, निर्कुभुमे मावि सरमथलिमा ८, कालिका हिमालयन मावि कालिकास्थान मा ८८, सुन्धरा मावि धारापानिमा २३ जना सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाई रसुवाले जनाएको छ।