कोरोना संक्रमणबाट सशस्त्र प्रहरीका इन्सपेक्टरको निधन

0
Shares

विराटनगर ।

कोरोना संक्रमणबाट एक जना सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को मृत्यु भएको छ । ३३ वर्षीय इन्सपेक्टर नवीन बुढाथोकीको विराट शिक्षण अस्पतालमा सोमबार राती मृत्यु भएको हो ।

भेन्टिलेटरमा उपचाररत बुढाथोकीको राति ११ २२ बजेतिर ज्यान गएको अस्पतालले जनाएको छ । कोरोना संक्रमित बुढाथोकीको फोक्सोमा गम्भीर समस्या देखिएको थियो । उनी मोरङको बूढीगंगास्थित टंकीसिनवारीमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेड क्वाटर कंकालिनीमा कार्यरत थिए ।

श्वासप्रश्वासमा समस्या देखिएपछि गत कात्तिक २६ गते अस्पताल लगिएका उनमा संक्रमण देखा परेको थियो ।