बाइडेनद्वारा आफ्नो क्याबिनेट सदस्यका नाम घोषणा


वासिंगटन (एजेन्सी)

अमेरिकाका राष्ट्रपति निर्वाचित जो बाइडेनले आफ्नो क्याबिनेटका प्रमुख नाम घोषणा गरेको छ । ओबामा र बाइडेनको कार्यकालमा उप विदेशमन्त्रीको कार्यभार सम्हालेका एन्टनी ब्लिंकेनलाई विदेश मन्त्रीका लागि नामांकित गरिएको छ ।

त्यसैगरी वकिल एलेज्यान्ड्रो मयोरकासलाई सेक्रेटरी अफ होमल्यान सिक्योरिटी अर्थात गृहमन्त्रीको पदभार सुम्पेको छ ।

एलेज्यान्ड्रोले ओबामा बाइडेनको कार्यकालमा उप गृहमन्त्रीको पद सम्हालिसकेको छ । बाइडेनको कार्यकालका लागि एवरिल हेन्सलाई राष्ट्रिय गुप्तचर एजेन्सीको निर्देशकमा नियुक्त गरिएको छ ।

हेन्सले करिब एक दशक भन्दा लामो समयदेखि बाइडेनका लागि विभिन्न पदमा रहेर काम गरिसकेकी छन् । हेन्स यो पदका लागि नियुक्त हुने पहिलो महिला हुनेछ । बाइडेनले संयुक्त राष्ट्रका लागि राजदुतका रुपमा लिन्डा टमस ग्रिनफिल्डको नाम चयन गरेको छ ।

त्यसैगरी जोय् बाइडेनले जेक सुल्लिवनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ । पुर्व विदेशमन्त्री जोन केरीलाई जलवायुका लागि राष्ट््पतिका विशेष दुतको पदका लागि नामांकित गरिएको घोषणा गरिएको छ । केरी राष्ट्रिय सुरक्षा परिषदको यो पदमा बस्ने पहिलो अधिकारी हुनेछ ।

त्यसैगरी ओबामा प्रशासनमा भावी प्रथम महिला जिल बाइडेनकका सोसल सेक्रेटरी रहेका कार्लोस एलिहोन्दोले अहिले पनि सोही पद सम्हाल्ने छ । माला अडिगा जिलका निति निर्देशकका रुपमा काम गर्ने छिन् । उनको काम प्रथम महिलाका रुपमा जिलको प्राथमिकता तय गर्नु हुने छ ।

उनी पहिला बाइडेन फाउन्डेसनमा उच्चस्तरिय शिक्षा तथा सेनाका परिवारका लागि निर्देशक थिइन् । उनले ओबामा प्रशासनमा जिल बाइडेनकी सल्लाहकारका रुपमा पनि काम गरेकी थिइन् ।

बाइडेनले यो टोलीको घोषणा गर्दै भने- ‘म आफनो टोलीमा अन्य सदस्यको नाम घोषणा गर्न पाएकोमा गर्व महसुस गरिरहेको छु, जसले अमेरिकाको कठिन समयलाई परिवर्तन गर्नेछ ।

हाम्रो देश समक्ष जुन चुनौतीहरु छन्, त्यसलाई पार गर्न आवश्यक समर्पण उनीहरुको विविध पृष्ठभुमी र अनुभवबाट आउने छ । उनीहरुले अमेरिकाकी जनताको सेवा गर्नेछ र राम्रो, न्यायपुर्ण र संयुक्त देश तयार गर्नमा मद्दत गर्नेछ ।’