राजघाटमा लोपोन्मुख प्रजातिको अजिङ्गर


सर्लाही, (नेस)
बागमती नगरपालिका–७ राजघाटमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । स्थानीयले सोमबार बिहान नजिकै रहेको जंगलमा घाँस काट्दै गर्दा ७ फिट लम्बाइ, १० किलोग्राम तौल भएको अजिङ्गर फेला परेको थियो ।
अजिङ्गर फेला परेपछि स्थानीयले संरक्षणका लागि सब–डिभिजन वन कार्यालय मुर्तियामा खबर गरेका थिए । स्थानीयले फेला पारेको अजिङ्गरलाई सुरक्षित तरिकाले नियन्त्रणमा लिएर हरिपुर नगरपालिका–१ मा रहेको बिहानी सामुदायिक वन क्षेत्रको जंगलमा छोडिएको सहायक जिल्ला वन अधिकृत चन्द्रप्रकाश यादवले जानकारी दिनुभयो ।
यसभन्दा अघि पनि सर्लाहीको ढुग्रेखोलामा भेटिएको अजिङ्गरलाई वनका कर्माचारीले मल्हनिया सामुदायिक वन क्षेत्रमाल्याएर छोडेका थिए ।