देशभर थप १ हजार ९८० जना कोरोना संक्रमित भेटिए, १६ को मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज देशभर थप १ हजार ९८० जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै, संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, आज पनि थप १६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ हजार ३३७ पुगेको छ ।