पुटिनद्वारा बाइडेनलाई राष्ट्रपति मान्न अस्वीकार


मस्को (एजेन्सी) ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अहिले पनि जोय् बाइडेनलाई अमेरिकी राष्ट्रपति मान्न आफु तयार नभएको बताएका छन् । यद्यपी अमेरिकी राष्ट्रपतिसँग काम गर्न तयार रहेको पनि उनले बताए ।

सरकारी टेलिभिजन च्यानलमा दिएको एक बयानमा उनले भने, हामी अमेरिकी जनताले विश्वास गरेको व्यक्तिmसँग मिले काम गर्न तयार छौं ।

अमेरिकी जनतालाई विपक्षी पार्टीले मान्यता दिएको वा कानुनी तरिकाले जीतेको घोषणा भएकार उम्मेदवारमा मात्र विश्वास हुने पुटिनले बताए । यसअघि बाइडेनलाई बधाई नदिएकोमा पुटिन माथि प्रश्न उठिरहेको थियो । यसको जवाफ दिने क्रममा पुटिन आफैले बाइडेनलाई किन बधाई नदिएको भन्ने विषयमा स्पष्ट पारे ।

अमेरिकी गुप्तचार एजेन्सिीहरुले रुसमाथि सन् २०१६ को चुनावमा ट्रम्पको जीतमा मद्दत गरेको आरोप लगाएका थिए । उक्त आरोपपछि बाइडेन राष्ट्रपति बनेपछि आफुविरुद्ध थप प्रतिबन्द लगाउन सकिनेमा रुस चिन्तित छ । मानवअधिकारको मुद्दामा पनि विवाद बढ्न सक्ने अनुमान गरिएको छ । रुसका लागि बाइडेनलाई बधाइ दिनु एक औपचारिकता मात्र भएको र यसको कुनै गलत मनसाय नभएको पुटिनले बताए ।

बधाइ नदिनुका कारण अमेरिका र रुसबीच सम्बन्ध खराब हुन सक्ने विषयमा सोधिएको प्रश्नको जवाफमा पुटिनले भने, अब खराब हुनलाई बाँकी नै के छ । यो सम्बन्ध त पहिले नै रसातलमा पुगिसकेको छ ।

अमेरिकाका राष्ट्रपति निर्वाचित बाइडेनले अमेरिकी सुरक्षाका लागि रुस सबैभन्दा ठुलो खतरा भएको बताइसकेका छन् । बाइडेनले ट्रम्पलाई रुसको सामना गर्न नसकेको आरोप पनि लगाएका थिए । उनले ट्रम्प रुसको पपी हो, भनेका थिए । बाइडेनले भनेका थिए,’ मैले पुटिनको सिधा सामना गरेको छु र हामी कुनै पनि गलत कुरालाई नसहने प्रष्ट पारेको छु । उ (ट्रम्प) पुटिनको पपी हो ।’

बाइडेनको उक्त टिप्पणीलाई लिएर रुसले आफु प्रतिको वितृष्णालाई प्रेरित गराउने प्रयास भएको प्रतिक्रिया दिएको थियो ।