ग्लोबल आइएमई बैंक ७३ जिल्लामा


काठमाडौंं, (नेस)
ग्लोबल आइएमई बैंकले मुस्ताङको घरपझोङ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६४ पुगेको छ ।

न्याँ शाखासँगै ग्लोबल आइएमई बैंकको ७३ वटा जिल्लामा २६४ शाखासहित २३८ एटीएम, ४५ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २३१ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालयमार्फत आफ्ना २१ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइएको बैंकले जनाएको छ ।