बिहेका लागि ५ गीत



मंसिरको महिना, बिहेको महिना। बिहेका लगनमा छानी–छानी गीत बजाएर मस्ती गर्न अब एकसाथ पा“च गीत तयार छन्।
गीतकार विनीता खनालले विवाहसम्बन्धी गीतिएल्बम लगनगा“ठो सार्वजनिक गरेसँगै अब यो लगनलाई बिहे गीत छानेर सुन्न अनि रमाइलो गर्न सम्भव भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको एल्बममा पाँच बिहे गीत संगृहित छन्। एल्बममा आयो है आयो (मेहेन्दी गीत), धुतुरी धुतुरी बाजा बजाई (जन्ती गीत), दौरा–सुरुवाल चिटिक्कै (रत्यौली गीत), बिदाइ गर्न छोरी तिमीलाई (दुलही अन्माउने गीत) र छमछम पाउजु (रिसेप्सन गीत) रहेका छन्।
कार्यक्रममा यी पा“चवटै गीतका भिडियोसमेत एकसाथ सार्वजनिक गरियो। विवाहका पाँच गीतका भिडियोमध्ये आइतबार मेहेन्दी युट्युबमा सार्वजनिक गरिएको छ। रत्यौली, जन्ती, बिदाइ र रिसेप्सन गीत भने क्रमशः मंसिर ८, ९, ११ र १२ गते ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक हुनेछन्। विवाहका यी सबै गीतको भिडियो सुव्रतराज आचार्यले निर्देशन गरेका छन्।
एल्बममा समावेश गीतमा किरण कँडेलको एकल संगीत रहेको छ। आयो है आयो गीतमा प्रविशा अधिकारी, धुतुरी धुतुरी बाजा बजाईमा मेलिना राई र श्रीवास्तव खरेल, दौरा–सुरुवाल चिटिक्कैमा मीना निरौला, बिदाइ गर्न छोरी तिमीलाईमा बानिका प्रधान तथा छमछम पाउजुमा निकिता थापा र प्रताप दासले स्वर भरेका छन्। सबै गीतको भिडियोमा विजु पार्की र रेश्मा घिमिरे दुलाहा–दुलहीको भूमिकामा छन्। अभिषेक श्रेष्ठ, गरिमा शर्मा, शर्मिला मल्ल, शिशिर राणा, सम्झना बुढाथोकी, रश्मी भट्ट, हेमन्त गौतम, दिभास्ना त्वानको पनि भिडियोमा अभिनय छ। गीतको भिडियोका छाया“कार उत्सव दाहाल र उत्तम हुमागाईं हुन्। भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्। भिडियोकी क्रियटिभ डाइरेक्टर जया शर्मा हुन् भने दीपेन्द्र तिमल्सिनाले रत्यौली, सुरेन्द्र बसेलले मेहेन्दी र रिसेप्सन तथा सुवोल थापाले जन्ती गीतको भिडियोको कोरियोग्राफी गरेका छन्।
गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री शर्मिला मल्लले गीतमा आफ्नो भूमिका सानो भए पनि काम गर्न निकै रमाइलो भएको बताइन्। रेश्मा र गरिमाले पनि राम्रो टिमसँग राम्रो गीतमा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरे। संगीतकार कँडेलले विवाहको समयमा एल्बमका सबै गीत घन्कनेमा विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्