मानुँ डाँडामा आर्याको हाम्रो धर्ती



दमौलीको मानुध्र डाँडा आन्तरिक पर्यटनका दृष्टीले एकाएक प्रसिद्ध भएको छ। त्यहाँको रमणीय दृश्यको आनन्द लिन हिजोआज युवायुवतीहरुको ओइरो लाग्न थालेको छ। त्यही मानुध्र डाँडाको मनोरम स्थानमा छायांकन गरिएको फिल्म आर्याको गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ।
तिमिल्सिना फिल्म प्रडक्सनबाट निर्मित फिल्म आर्या कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी लगाइएको लकडाउनका कारण प्रदर्शन रोकिएको थियो। सार्वजनिक राष्ट्रभावले ओतप्रोत हाम्रो धर्ती बोलको गीतमा गायिका मेलिना राइको स्वर, राम सिटौलाको संगीत, लक्ष्मण सिटौलाको शब्द रहेको छ। गीतको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन्। उपेन्द्र तिमिल्सिनाले निर्देशन गरेको फिल्ममा शिल्पा पोखरेलको मुख्य भूमिका रहेको छ।
गीतमा कोरियोग्राफर गहतराजले राष्ट्रिय झण्डाको व्यापक प्रयोग गरी दृश्य छायांकन गरेका छन्। यसरी फिल्ममा यति धेरै राष्ट्रिय झण्डा प्रयोग गरिएको सम्भवतः यो नै पहिलोपटक हो। झण्डालाई नेपाल र नेपालीको आत्मसम्मान तथा राष्ट्र गौरवको प्रतीक मान्नुपर्छ भन्ने एउटा महत्वपूर्ण शन्देश दिने यो गीतले नेपालको आप्mनै गौरवगाथा बोलेको छ।
कविराजले गीतमा तनहुँको मानुध्र डाँडाको मनोरम दृश्य बडो रोचक ढंगले दृश्यांकन गराएको पाइन्छ। मानुध्रको सम्पुर्ण प्राकृतिक सौन्दर्य कैद गरिएको गीतमा शिल्पा पोखरेल र अन्य नृत्य कलाकारको कलाकारिता देख्न सकिन्छ। दिव्यराज सुवेदीले छायांकन गरेको फिल्म आर्यामा राम सिटौला र शशिविक्रम थापाको संगीत, मिलन श्रेष्ठको सम्पादन, कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ। फिल्ममा शिल्पा पोखरेल, अनुपविक्रम शाही, प्रकाश शाह, रवि गिरी, सुशील पोखरेल, गीता अधिकारीलगायतको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्