जति म मन पराउँछु तिमीलाई सार्वजनिक


संगीतकार शान भुसालले गीतकार कपिलराज गिरीद्वारा लिखित तथा निसान भट्टराई र अञ्जु पन्र्तद्वारा श्वरबद्ध जति म मन पराउँछु तिमीलाई बोलको गीत म्यूजिक भिडियोसहित सार्वजनिक गरेका छन्।

रोशन लामाद्वारा निर्देशित गीतको म्यूजिक भिडियोमा आयुषमाना देशराज जोशी श्रेष्ठ र प्रियंका कार्कीले अभिनय गरेका छन्। गीतको म्यूजिक भिडियो उत्कृष्ट बनेको छ।

‘गीतकार कपिलराज गिरीका शब्दहरु गहन हुनुका साथै लयात्मक हुनु अरुभन्दा उनको पृथक गुण हो। यस गीतका शब्दहरु पनि अब्बल छन् र संगीत पनि राम्रो बनेको छ।

आशा छ दर्शकले रुचाउनेछन्’ संगीतकार भुसाल भन्छन्। भिडियोका छायाँकन उत्सव दहाल र सम्पादन विकास दाहालले गरेका छन्। गीत संगीतकार शान भुसालको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।