प्रितमको पागलसरी


सानै उमेरमा आप्mनो कर्णप्रिय गायकीले दर्शक स्रोताको मन जित्न सफल प्रितम आचार्यको स्वर रहेको नयाँ गीत म पागल सरि म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।

शशि बिक्रम थापाको संगीत तथा प्रभाकर देव शर्माको शब्द रचना रहेको गीतमा संगीत संयोजन शशि बिक्रम थापालकै हरको छ। अमेरिकामा छायाँकन गरिएको म्युजिक भिडियो रुपेश उप्रेतीले निर्देशन तथा योगेन थापाले छायाँकन र सम्पादन गरेका छन्।

सार्वजनिक भिडियोमा मुकेश अधिकारी, गोमा बास्तोला, निश्चल अधिकारी र लिजा बास्तोलालाई फिचरिङ गरिएको छ। भिडियो हाम्रो आप्mनै टिभी नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।