शिरविहीन शवजस्तो म्यान्नेक्विन


लसएन्जेल्स, (एजेन्सी)

अमेरिकाको फ्लोरिडाको एक गैरआयमूलक वातावरण संरक्षण संस्थाकी एकजना स्वयंसेविकाले समुद्रको किनारामा भेटाएको शिरविहीन मानव शवको वास्तविकता अर्कै रहेको बताएकी छन्।

सागरको छालले बगाएर ल्याएको र हेर्दा मानव शवजस्तै देखिने उक्त चिज आखिर पसलमा लुगा प्रदर्शनका लागि राखिने प्लास्टिकको पुतला अर्थात् म्यान्नेक्विन रहेको प्रहरीले जनाएको छ।

ओसियन आवर नामक यस संस्थाकी स्वयंसेविका क्याथलिनले ‘पेर्डिडो कि’स्थित समुद्री तटमा शिरविहीन यो पुतला भेटाएर तत्कालै प्रहरीलाई खबर गरेकी थिइन्।

छानबिनको क्रममा लामो समय पानीभित्र रहेको यो म्यान्नेक्विन मात्र भएको पत्ता लागेपछि सबै खुसी भएका थिए।