बीबीसीको सहयोगमा बच्चा चोरहरु पक्राउ


नैरोबी,(एजेन्सी)

बालबालिका चोर्ने र बिक्रि गर्ने विषय माथि वीवीसीले गरेको अनुसन्धानपछि केन्याका प्रहरीले बालबालिका ओसार प्रसार संजाल संचलन गरेको अभियोगमा तीन जना वरिष्ठ चिकित्सकीय अधिकारीलाई गिरफतार गरेका छन् । वीवीसीका पत्रकार समुह अफ्रिका आइले अवैध क्लिनिकहरु र नैरोबी स्थित एउटा सरकारी अस्पतालले गरेको अर्डर बमोजिम बालबालिकाको चोरी हुने गरेको रहस्योदघाटन गरेको हो ।

प्रत्येक बच्चा न्युनतम ४ सय अमेरिकी डलरमा बिक्रि हुने गरेको बताइएको छ । प्रहरी प्रमुख आयुक्तले अन्य अस्पतालहरुमा र नैरोबी स्थित चिल्ड्रेन्स होम्समा यस समबन्धमा थप अनुसन्धान गर्न आदेश दिइसकेका छन् । प्रहरी आयुक्त हिलारी मुत्याम्वाइले हाल सम्मका अनुसनधानबाट यस अवैध कार्यमा वरिष्ठ चिकित्सकीय अधिकारीहरुको निकट संलग्नता रहेको पाइएको जानकारी दिएका छन् ।

वीवीसी अफ्रिका आइले तिनीहरुले सडक जीवन बिताउने दुखी महिलाहरुबाट र राजधानी नैरोबीमा संचालित अवैध क्लिनिकहरुबाट बच्चाहरु चोर्ने गरेको जनाएको छ । अस्पतालमा चिकित्सकीय स्वयम सेवकको रुपमा कार्यरत फ्रेड लपारान नमक व्यक्तिले गोप्य रुपमा अनुसन्धानरत पत्रकारहरुलाई अलपत्र अवस्थामा फ्याकिएका दुई साताका एक शिशुलाई २ हजार ७ सय अमेरिकी डलरमा बिक्रि गर्न राजी भएका थिए । लेपारान र उनी कार्यरत मामा लुसी किवाकी अस्पतालले यस विषयमा केहि पनि बोल्न अस्विकार गरेका छन् ।