ट्रम्पले हार स्विकार नगरे पनि बाइडेनको जित


केसरमान श्रेष्ठ
अमेरिकी राष्ट्रपति चुनावमा कसले जित्यो र कसले हा¥यो ठूलो कुरो होइन । यो त प्रजातान्त्रिक पद्धतिको एउटा कसी हो । त्यसैले नानाथरीका नकारात्मक विशेषण भिडाएर ट्रम्प हारेकोमा खुसी हुनु सही होइन । अन्ततः उनी पनि निर्वाचित राष्ट्रपति नै हुन् । अमेरिकी निर्वाचन पद्धतिमा ट्रम्प सीधै जनताले चुनेर आएका पनि होइनन् । शुरुमा त उनी आफ्नै पार्टीको चयनमा परेका व्यक्ति हुन् । अर्थात् एक विचारधाराबाट चलेको पार्टीकै प्रतिनिधित्व गरेर आएका हुन् । अमेरिकामा राष्ट्रपति जित्नु भनेको बोल्सानारो, पुटिन, डुटेर्टेले जिते जस्तो होइन । हरेक प्रत्यासीले राष्ट्रपतिको उम्मेदवार बन्नका लागि पहिला कठिन प्राइमरी चुनाव सामना गरेका हुन्छन् ।
अमेरिकी राष्ट्रपति चुनाव २०२० को नतिजाकै आकलन गर्ने हो भने जुनबेला मतदानकै दिन खसेका सबै मत गणना पूरा भएको थियो, त्यतिबेलासम्म विस्कोन्सिन, पेन्सिलभेनिया, जर्जिया, मिनिसोटा, मिसिगन, नर्थ क्यारोलाइनामा ट्रम्पकै अग्रता थियो र महत्वपूर्ण राज्य फ्लोरिडा, ओहायो ट्रम्पले जितिसकेका थिए । अर्कोतर्फ बाइडेनको हातमा एरिजोना र नेभाडा राज्य मात्रै थियो, जहाँ उनको अग्रता थियो । त्यसपछि गणना भएका मत भनेको हुलाक मतपत्र हुन्, जुन कथित कोरोनाको कारण उत्पन्न परिस्थितिले दुई महिनाअघि सेप्टेम्बरदेखि नै हुलाकमार्फत खसालिएका मत हुन् । जसमा कुनै पनि मतदाताको सनाखत आवश्यक ठानिएन । मतदान गर्ने तिथिको महत्व समाप्त पार्ने ती मतकै कारण पराजय भोग्नुपरेको ट्रम्पको दाबी छ ।
दुई महिनाअघि खसेका मतसम्मको पहुँचका लागि कुन कुन संयत्रले काम ग¥यो त्यो विस्तारै खुल्दै जानेछ भन्ने अनुमान गरौं । तर माथिको नतिजाअनुसार थुप्रै राज्यमा पछाडि परेर हारको संघारमा पुगेका बाइडेनले त्यतिबेलै आफ्ना समर्थकलाई जित निश्चित भएको आश्वासन दिएका थिए । बाइडेनलाई के थाहा थियो भने, हुलाक मतले त्यतिबेलाको नतिजालाई कसरी प्mिलप गर्छ र नतिजा उनको पक्षमा आउँछ ।
सम्भवतः हुलाक मतको गणना डेमोक्र्याटले पहिल्यै गरिसकेका थिए । करिब १० करोडको हाराहारीमा खसेको हुलाक मतकै कारण आफू जित्नेमा बाइडेन निश्चिन्त थिए । जुन मत खसाल्ने क्रममा मतदाता कसै न कसैको सम्पर्क वा प्रभाव वा प्रलोभनमा हुन सक्ने ठूलो सम्भावना राख्छ । यो आफैमा लोकतन्त्रका लागि सबैभन्दा ठूलो अभिशाप पनि हो । मतदानकै दिनमा मतदातालाई प्रभावित पार्न विभिन्न खालका हतकन्डाहरु नेपाल, भारतजस्ता तेस्रो विश्वका राष्ट्रमा हुनु सामान्य लोकतान्त्रिक पद्धति जस्तै भइसके । अमेरिकामा सायद त्यस्तै नहोला तर यसपटकको चुनावमा करिब ५० प्रतिशत मतमा कुनै न कुनै प्रकारको अपचलन भएको हुन सक्ने सम्भावनालाई इंगित भने गरेको छ ।
त्यसैले त डोनाल्ड ट्रम्पले आफ्नो हार स्विकार्न चाहेका छैनन्, यद्यपि नतिजाले उनलाई हराइसकेको छ । बाइडेन राम्रा छन् त्यसैले उनले चुनाव जिते भन्नुको कुनै तुक छैन । उनले कुनै चमत्कार देखाउन चुनाव लडेका पनि होइनन्, यद्यपि ट्रम्पसँग भिड्ने क्षमता राख्ने अत्यन्त थारै डेमोक्र्याटमध्येका उनी पनि एक हुन् तर जित्ने नै उम्मेदवार हुन्, त्यस्तो व्यक्तित्व सायद थिएन न त परिस्थिति नै थियो ।
बाइडेन आफैले पनि एक चुनावी सभामा आफ्नो उम्मेदवारीको एक मात्र अभीष्ट ट्रम्पलाई जसरी पनि हराउनु रहेको बताएका थिए । उनी जिते पनि दोस्रो कार्यकालका लागि आफू उम्मेदवार नभएको उनले नै बताएका थिए ।
लोकतन्त्र एक पद्धति हो यसमा चयन हुने कार्यकारिणी सबैका लागि मान्य हुँदैन र हुनै सक्दैन यो सत्य हो । त्यसैले लोकतन्त्रमा बहुलवाद सबैभन्दा घातक र खराब पक्ष पनि हो । जुन विधिले सोक्रेटसलाई विष दियो, हिटलरलाई हिटलर बनायो, अझ नेपाल, भारतजस्ता देशहरुमा त यसका थुपै्र विकृति देख्न पाइन्छ ।
सोक्रेटसलाई त विष सेवन नगरे पनि हुने विकल्प थियो यद्यपि उनले बहुलवादको त्यो विकृतिलाई पनि लोकतान्त्रिक पद्धतिको गहनाका रुपमा स्विकारे । तर हिटलरको सवालमा यो विध्वंशको कारक बन्यो । हिटलरलाई जर्मनको मात्र होइन, अधिकांश युरोपेली मानसिकताको साथ थियो । यस अर्थमा ट्रम्प पनि हिटलरकै पथमा जान सक्छन् भन्ने सोचमा उनलाई जसरी पनि हटाउनुलाई ठीक भन्नु राजनीतिक अपरिपक्वता हुनेछ । पद्धतिको प्रयोगमा राम्रोका लागि भनेर मेनिपुलेसनलाई प्रोत्साहन गर्नु त्यो पद्धतिलाई नै नास गर्नुबाहेक केही होइन । विकल्प पद्धतिको खोज नभएसम्म लोकतान्त्रिक पद्धतिमा गलत प्रयोग हुनु गलत हो ।
प्रविधि विकासमा नेतृत्वदायी भूमिका रहेको भए पनि मतदान प्रक्रियामा मतपत्रकै प्रयोग हुन अमेरिकी लोकतन्त्रको राम्रो मान्न सकिन्छ । भारतमा मतदानमा मतपत्रलाई इलेक्ट्रोनिक भोटिङ मेसिन ईभीएमले विस्थापित गरिसकेको छ र चुनावको महत्व र विश्वसनियतामाथि हरेकपटक प्रश्न पनि उठ्ने गरिरहेको छ । आफूले खसालेको मत कसको पक्षमा गयो भन्ने विषयमा स्वयं मतदाता नै अनभिज्ञ रहने यस पद्धति लोकतन्त्रका लागि सही कसरी हुन्छ? मतदाताको मत कहाँ जान्छ भन्ने प्रश्नको जवाफ उक्त मेसिन सञ्चालनमा प्रयोग भएको सफ्टवेयरका निर्माता र त्यसपछि मेसिनलाई मात्र थाहा हुन्छ । कम्प्युटरकै ज्ञान भएकाबीचमा पनि सफ्टवेयरका कतिपय विशेषताहरु एक अर्कालाई चलाकीपूर्ण ढंगले लुकाउन सकिने विधि समावेश गर्न सकिने हुन्छ । यी पक्षहरुमा मतदाता मात्र होइन चुनाव सञ्चालमा जिम्मेवार निकाय निर्वाचन आयोग जस्ता संस्थाहरुको पनि पहँुच हुँदैन । आधुनिकता र प्रविधि प्रयोगका नाममा लोकतन्त्रमा यस प्रकारको प्रयोगलाई कुनै पनि हालतमा सही मान्न सकिँदैन ।
ट्रम्पको हार स्विकार अमेरिकी चुनावको सबैभन्दा चासोका विषय बनिरहेको छ । ट्रम्पले मतदान प्रक्रियामाथि नै प्रश्न उठाउँदै हार स्विकार्न मानेका छैनन् । अमेरिकी लोकतन्त्रको सबैभन्दा राम्रो पक्ष भनेको जुन उम्मेदवारले राज्यहरुको मतगणनामा अग्रता हासिल गर्दै इलेक्टोरल कलेज भोट जम्मा गर्दै जान्छ । कुल ५ सय ३८ इलेक्टोरल कलेज भोटमा जुन उम्मेदवार २ सय ७० को चामत्कारिक आँकडा पूरा गर्छ त्यो उम्मेदवारको विजय पक्का हुन्छ । यो आँकडा पार हुँदा कतिपय राज्यमा मतगणना पनि पूरा भइसकेको हुँदैन । यद्यपि मतगणना पूरा भएका राज्यहरुबाटै प्राप्त नतिजाका आधारमा उम्मेदवारले यो इलेक्टोरल मत हासिल गरिसकेको हुन्छ । यसकै आधारमा प्रत्यासी उम्मेदवारले पनि चुनाव प्रक्रिया पूरा नहँुदै आफ्नो हार स्विकार गर्ने परम्परा छ ।
अहिले स्थिति फरक छ, ट्रम्पको कार्यकाल अझै करिब २ महिना बाँकी छ । यस अवधिमा उनले आफ्नो कार्यकारणी अधिकार कुनै पनि हदसम्म प्रयोग गर्ने क्षमता राख्छन् । जसले अमेरिकामा सबै राजनीतिक, नागरिक र सुरक्षा निकायलाई समेत संशकित बनाइरहेको छ । ट्रम्पले कुलीनतन्त्रतर्फ अमेरिकालाई डोहो¥याउने कदम चाल्न सक्छन् वा अमेरिकालाई डेमोक्र्याटिक तथा रिपब्लिकनको विभाजनलाई थप गहिराइतर्फ धकेल्न सक्छन् ।
यी सबै अनुमानहरु नहोला अर्थात् ट्रम्पले सहजै ह्वाइट हाउस छोड्लान् पनि, तर हार स्विकार नगर्दा यसको प्रभाव स्वाभाविक रुपमा राम्रो हुनेछैन । ट्रम्पकै भाषामा यो फेक इलेक्सन र फेक रिजल्ट हुनेछ ।