आदित्यको निर्देशनमा ”बुढीकाे कचकच”…


साेफिया बज्राचार्य र राज बस्नेतकाे उत्कृष्ट अभिनय रहेकाे ” बुढीकाे कचकच” सार्वजनिक भएको छ ।
चर्चित निर्देशक आदित्य बुढाथोकीकाे निर्देशन रहेको ‘बुढीकाे कचकच ‘ गितकाे भिडियोमा पारिवारिक घर झगडाकाे विषय समेटिएको छ ।

घरमा आयो सधै कचकच छैन मनमा चैन
बिना कारण खोज्छेउ निहु कुरा बुझ्नु छैन
लौन मलाई के दशा लायो के दशा लायो
यहि बुढीकाे कचकचले ज्यान खायो

बुढाथोकीको निर्देशनमा बजारमा आएको “बुढीकाे कचकच …” भिडियोले रिलिज भएकाे पहिलो दिनमै २५ हजार भ्युज कटाइसकेको छ । भिडियोलाई निर्देशक बुढाथोकीले सहज अनि फरक ढंगमा उत्कृष्ट बनाउन खाेजेका छन् । बुढाबुढी बीच सानातिना गल्ती तथा जीवनका अाराेह अवराेहहरुमा अाइपर्ने महत्वकांक्षा अनि चुनाैतीले श्रीमान श्रीमती बिच अाउने तनावलाई भिडियोमा प्रष्ट्याउन खाेजिएकाे छ ।

साेफिया बज्राचार्यकाे प्रस्तुति ” बुढीकाे कचकच …” मा मुकेश हुमागाईकाे छायांकन, कविता तोलाङ्गीकाे श्रृङ्गार, पदम सुवेदीकाे सम्पादन रहेको भिडियोको कलर संयोजन मिलन विश्वकर्माको रहेको छ । भिडियाेमा अमरकृष्ण चन्दको सह निर्देशन रहेको छ ।

पर्यटकीय स्थल धुलिखेलकाे देविस्थान अासपासकाे रमणीय दृश्यलाई कैद गरिएकाे भिडियोमा साेफिया बज्राचार्य र राजकाे साथमा सुनिल जिम्बा, शसिशेखर बुढाथोकी, नवराज दाहाल, ममता घर्ती, अन्जु त्रिपाठी, मिस्रा काफ्ले, सुकदेव थपलिया, सावित्री राना मगर, सहदेव राभाट, दिनेश रानाभाट, प्रजुन रानाभाट, सदिच्छा गिरीकाे अभिनय रहेकाे छ ।

सकारात्मक साेचले समस्या सरलीकरण गर्नुपर्छ । श्रीमान श्रीमती दुई रथका पाङ्ग्रा हुन् । बुढाबुढीकाे झगडा परालकाे अागाे हाे । एकअर्कालाई बुझेर जीवन सार्थक बनाउनुपर्छ भन्ने भाव गीतमा प्रस्तुत गरिएको छ ।
गीतमा चर्चित गायिका एलिना चाैहान र भरत भट्टकाे कर्णप्रिय स्वर रहेको छ । सपना बानियाँ र भरत भट्टकाे शब्द सृजना रहेको गीतमा सपना बानियाँले संगीत भरेका छन् । केबी भण्डारीले संगित एरेन्ज गरेका छन् ।

साँझ बिहान नभनेर काममा गाछु जहिले
हाम्रै लागि हाे भनेर कुरा बुझ्छाै कहिले
तिमी बिना मेरो पनि छ जीवन अधुरो
खुशी लाग्यो ढिलो भए नि बुझ्यौ मनको कुरो

समाज र परिवार कसरी बिखण्डन तिर लम्कन सक्ने सानासाना कुरालाई समेटिएको भिडियो अाेएसअार डिजिटलले बजामा ल्याएकाे हाे ।